back
NMB ad

ग्रामिण साकोसको साधारण सभामा सहकारी शिक्षा

Kumari bank ad

बागलुङ । सहकारी संघ संस्थाहरुका साधारणसभा कर्मकाण्डी भए, सदस्यहरुको सभालाई तामझाम र नेताहरुको भाषण गर्ने थलो बन्यो भन्ने गुनासोको सहकारीले सुनुवाई गर्न थालेका छन् । सदस्यहरुको सहभागितामा हुने सहकारीको सर्वोच्च निकायका रुपमा रहेको साधारणसभालाई सदस्यको सचेतना र सहकारी संस्थाहरुको दीगोपनामा केन्द्रीत हुन थालेका छन् ।

यसैक्रममा बागलुङको बडिगाड गाउँपालिका वडा नंं ७ भीमगिठे स्थित ग्रामिण विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ साधारणसभामा सहकारी शिक्षा तालिम सञ्चालन गरी छलफल गरिएको छ । साधारणसभामा सदस्यहरुको सहभागिता र जिम्मेवारी, साधारणसभाले गर्ने कार्य लगायत सहकारीको प्रवद्र्धनमा सदस्य, सञ्चालक र कर्मचारीको भूमिका, सहकारी सञ्चालनमा सञ्चालकहरुले नीति निर्माण गर्दा ध्यान दिनु पर्ने कुराहरु, सहकारीमा वचतको महत्व र सदस्यहरुले वचत गर्नेका लागि अपनाउनु पर्ने सावधानीहरु, ऋण परिचालन, सहकारी ऐन र नियमावलीमा भएका मुख्य विषयहरु लगायतका विषय सहजीकरण गरिएको थियो ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले कार्यक्रममा सहजीकरण गर्दै सहकारी सदस्य केन्द्रीय व्यवसाय भएकाले सदस्यहरुको हितमा कसरी सहकारीलाई अगाडि बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत भएर साधारणसभा गर्नु पर्नेमा जोड दिनुभयो । सदस्यहरुले सहकारीका बारेमा धेरै भन्दा धेरै जानकारी पाउनु पर्नेमा जोड दिदै उहाँले सदस्य शिक्षा कार्यक्रमलाई व्यापक बनाउन, सदस्यहरुको जिम्मेवारी र अधिकारका बारेमा सचेत बनाउन सकियो भने सदस्यहरुले सहकारीलाई सफल बनाउन थप योगदान गर्न सक्छन् भन्नुभयो ।

सहकारी ऐनमा भएको व्यवस्था अनुसार सदस्यहरुले कारोबारका आधारमा थप रकम पाउने संरक्षित पूँजि फिर्ता कोषलाई व्यवहारिक रुपमा प्रयोग गर्न आग्रह गर्दै उहाँले शेयर लगानीका आधारमा सबै रकम एउटै डालोमा हालेर वितरण गर्ने प्रचलनको अन्त्य गर्न सुझाव दिनुभयो । साधारणसभामा संस्थाका सचिव सन्दिप प्रस्ताव केसीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष जनक रावलले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक दिनेश शर्माले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

साधारणसभाले प्रस्तुत प्रस्तावहरु पारित गर्नुका साथै आगामी दिनमा रणनीतिक योजना निर्माण गरेर संस्थालाई वित्तीय रुपमा सक्षम तथा सामाजिक रुपमा समाजको सहयोगी संस्थाका रुपमा अगाडि बढाउने निर्णय गरेको संस्थाका उपाध्यक्ष होमबहादुर खत्रीले जानकारी दिनुभयो । साधारणसभामा प्रमुख अतिथि सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, बडिगाड गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष कृष्ण गुरुङ, फुलवारी सहकारी दर्लिङका अध्यक्ष प्रताप कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष लिला कुँवरको अध्यक्षता, सचिव सन्दिप प्रस्ताव केसीको सञ्चालन र सञ्चालक सदस्य सुमित्रा घिमिरेको स्वागतमा सम्पन्न भएको थियो । १ सय ३५ जना शेयर सदस्य रहेको संस्थामा ५६ लाख ४४ हजार शेयर रकम, ७ लाख ६३ हजार जगेडाकोष, १७ लाख ३५ हजार वचत, ८५ लाख १२ हजार कर्जा लगानी रहेको छ ।

२०७६ कार्तिक १० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १० आइतवार १३:५७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...