back
NMB ad

१३ खर्ब डलरको संसारकै सबभन्दा ठूलो आइपिओ सेयर बजारमा आउँदै

Kumari bank ad

काठमाडौं । संसारमै सबभन्दा बढी नाफा कमाउने साउदी अरबको कम्पनी ’अरामको’ शेयर बजारमा आउने भएको छ ।कम्पनीले शेयर बजारमा आउन आइपिओ खोल्ने पुष्टि गरेको बिबिसीले जनाएको छ ।

यसो भएमा, यो संसारकै सबभन्दा ठूलो आइपिओ हुनसक्छ । साउदीको तेल कम्पनी अरामले आइतबार रियाद स्टक एक्सचेन्जमा सूचीबद्ध हुने योजना सुनाएको हो। यो कम्पनी साउदीका शाही परिवारको स्वामित्वमा छ।

कम्पनीले उसका शेयरबाट एक या दुई प्रतिशत मात्र उपलब्ध गराउन सक्ने अनुमान गरिएको छ। अरामकोको मूल्य करिब १३ खर्ब डलर भएको बताइन्छ।  यो संसारकै धनी कम्पनी मानिए पनि हालसम्म सार्वजनिक सेयर जारी नगरेकाले यसलाई धनीको सूचीमा राखिएको छैन।

हालसम्मको तथ्यांकअनुसार संसारकै धनी कम्पनी एप्पल हो जसले पोहोर मात्र आफ्नो सम्पत्ति १० खर्ब डलर र्पुयाएको थियो। यसपछि अमेजन र गुगल पनि यो सूचीमा परिसके।

अरामकोले शेयर जारी गर्ने भए पनि यो आन्तरिक बजारका निम्ति मात्र खुला हुनेछ। कम्पनीले विदेशी बजारमा अहिल्यै आइहाल्ने योजना बनाएको छैन।

’अन्तर्रा्ष्ट्रिय शेयर बजारमा आउनेबारे हामी पछि बताउनेछौं,’ कम्पनीका बोर्ड अध्यक्ष यासिर अल–रुम्यानले पत्रकार सम्मेलनमा भनेका छन । -विविसी

२०७६ कात्तिक १८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १८ सोमवार १५:०८ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...