काठमाडौं । फेसबूकको नयाँ लोगो सार्वजनिक भएको छ । कम्पनीले यस लोगोलाई विशेष उद्देश्यले डिजाइन गरेको छ । नयाँ लोगोमा सबै क्यापिटल लेटर छन ।
फेसबूक याप वा फेसबूक वेबको लोगो बदलिएको देखिँदैन । नयाँ लोगोलाई ह्वाट्सयाप र इन्स्टाग्रामको प्यारेन्ट कम्पनीका रूपमा देखाउनका लागि फेसबूकले सार्वजनिक गरेको हो ।
फेसबूकको नयाँ लोगो जीआईएफमा जारी गरिएको छ । फरक फरक रंगमा यसले फेसबूक प्रोडक्टहरू दर्शाएको छ । नीलो रंग फेसबूकका लागि, हरियो ह्वाट्सयापका लागि र गुलाफी रंग इन्स्टाग्रामका लागि हो ।
रिपोर्टका अनुसार, फेसबूकको नयाँ लोगो अबका केही हप्तामा युज गरिएको छ । कम्पनीले यसलाई मार्के्टिङ र प्रोडक्टका लागि उपयोग गर्नेछ ।
फेसबूकले केही समयदेखि आफ्ना प्रोडक्टहरू ह्वाट्सयाप र इन्स्टाग्राममा बाई फेसबूक लेख्न शुरू गरेको छ । यस लोगोलाई त्यसै ठाउँमा युज गरिनेछ । -एजेन्सी
२०७६ कात्तिक १९ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक १९ मंगलवार १३:४३ मा प्रकाशित