Logo

नयाँ नक्सामा नेपाली भूमि भारतभित्र !

काठमाडौं । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाल–भारतको सीमा विवाद नयाँ ढंगले अगाडि आएको छ । भारत सरकारको गृह मन्त्रालयले गत आइतवार भारतको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

भारतीय संविधानको धारा ३७० खारेज गरेर भारत सरकारले जम्मु–कश्मीर र लद्दाखलाई केन्द्रशासित प्रदेश बनाएको थियो ।
पहिला अलग प्रदेशका रूपमा रहेका जम्मु–कश्मीरलाई केन्द्रशासित प्रदेश बनाएपछि भारतले नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको हो ।

आइतवार सार्वजनिक भएको नक्सामा नेपालले आफ्नो भनी दाबी गरिरहेका भू–भागलाई आफ्नो नक्सामा समेटेको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो देशभित्र राखेर नक्सा सार्वजनिक गरेको हो ।

२०७६ कात्तिक १९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com