back
NMB ad

कुन–कुन जिल्ला र स्थानहरुमा छ सार्वजनिक विदा ? (मिति र स्थानसहित)

Kumari bank ad

काठमाडौं । देशका विभिन्न स्थानहरुमा सार्वजनिक विदा दिइएको छ । कात्तिक २२ र २३ गतेका दिन सार्वजनिक विदा दिइएको छ । हरिबोधनी एकादशीका दिनमा विभिन्न स्थानहरुमा सार्वजनिक विदा दिइएको हो ।

शुक्रवार चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीका दिन सार्वजनिक दिइएको छ । आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई कार्तिक २२ गते शुक्रबार सार्वजनिक बिदा दिइने नगरपालिकाले जनाएको छ ।

त्यस्तै, कात्तिक २२ गते परेको हरिबोधिनी एकादशीको अवसरमा नागार्जुन नगरपालिकाले पनि बिदा दिइएको उप–प्रमुख सुशीला अधिकारीले जानकारी दिनभयो ।

त्यसैगरि खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले २ दिन विदा दिने जानकारी गराएको छ । छ वटा वडा रहेको गाउँपालिकाले एक सूचना जारी गर्दै कात्तिक २१ र २२ गते बिदा दिने जानकारी गराएको हो ।

त्यस्तै, गुल्मीको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले हरिबोधनी एकादशीको दिन कार्तिक २२ गते सार्वजनिक विदा दिने भएका छन ।

हरिबोधनी एकादशीको दिन धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुंगामा भैलो प्रतियोगिता पनि आयोजना गरिएकाले रेसुंगाको महत्वलाई उजागर गर्नका लागि नगरपालिकाले सार्वजनिक विदा दिएको रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिनुभयो ।

त्यस्तै, काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको प्रशासकीय अधिकृत टंकराज चिमोरियाले जानकारी दिनुभयो ।

२०७६ कात्तिक २१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २१ बिहीवार ०९:२४ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...