back
NMB ad

बैंकिङ क्षेत्रमा सन्त्राष : हिमालयन बैंकको २० करोड डुब्ने अवस्थामा ! यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो पटक एउटा सन्त्राष फैलिएको छ । कारण हो, हमिालयन बैंकको रु २० करोड रकम करिब करिब डुब्ने अवस्थामा पुगेको छ । विप्रेषण कारोबारमा विवादमा परेपछि त्यस्तो समस्या देखा परेको हो ।

हिमालयन बैंक र मलेसियाको म्याक्स मनिबीच विवाद सल्टिएपनि २० करोड रकम भने नआउने भएको हो । विवादमा परेको ४९ लाख अमेरिकी डलर (करिव रु ५४ करोड )मध्ये म्याक्स मनिले हिमालयन बैंकलाई ३१ लाख अमेरिकी डलर (करिव साढे रु ३४ करोड ) भुक्तानी दिने समझदारी भएको छ ।

मलेसियामा भएको समझदारीमा बैंकका तर्फबाट अशोक राणाले र म्यास मनिको तर्फबाट हमिदविन अब्दुलाहाले हस्ताक्षर गरेका छन ।

सम्झौता कार्यक्रममा हिमालयन बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी पनि सहभागि रहेको बैंकका एक सञ्चालकले जानकारी दिए ।

दुई पक्षबीच अझै विवादमा रहेको १८ लाख अमेरिकी डलर (करिब रु २० करोड ) सम्बन्धमा भने स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टबाट गराउने र त्यसको रिर्पोटका आधारमा कारोबार सेटल गर्ने समझदारी भएको म्याक्स मनिका हमिदविन अब्दुलाहाले जानकारी दिएका छन् ।

दुई संस्थाबीच व्यवसायिक कारोबार पुनः शुरु गर्ने समझदारी पनि भएको छ । एक वर्षअघि कारोबारमा विवाद भएपछि हिमालयन बैंकले म्याक्स मनिसँगको कारोबार भंग गरेको थियो ।

त्यतिमात्र होइन, म्याक्स मनिले हिमालयन बैंकलाई रु ५४ करोड भुक्तानी गर्नु पर्नेमा नगरेको जनाउँदै नेपाल राष्ट्र बैंकले म्याक्स मनिलाई नेपालभर कारोबार बञ्चित गरिदिएको थियो ।

विवादित रकमको ठूलो हिस्सा सेटल गर्ने र पुनः कारोबार शुचारु गर्ने समझदारीमा स्वीकृति माग गर्ने नेपाल राष्ट्र बैंकलाई पत्र लेख्ने पनि समझदारी भएको छ ।

दुई संस्थाबीच लेनदेनमा विवाद भएपछि उक्त विवाद केन्द्रिय बैंकसम्म पुगेको थियो । यो विवादमा राष्ट्र बैंकले हिमालयन बैंकको पक्ष लिदै हस्तक्षेपकारी भूमिका खेलेको थियो ।

राष्ट्र बैंकले मलेसियाको केन्द्रीय बैंकलाई पत्र लेखेर हिमालयन बैंकले पाउनु पर्ने भुक्तानी दिलाईदिन आग्रह गरेको थियो । त्यस्तै, मलेसियाको केन्द्रीय बैंकले पनि म्याक्स मनिलाई विवादित रकम ‘बैंक नागरा मलेसिया’ मा जम्मा गर्न निर्देशन दिएको थियो ।

२०७६ कात्तिक २१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १२:३० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...