Logo

हालसम्म यी कम्पनीले गरे लाभांश घोषणा, कसको कति ? (सूची सहित)

काठमाडौं । पछिल्लो समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन ।

केहीले लाभांश घोषणा गरेर बुक क्लोजको मिति नै सार्वजनिक गरिसकेका छन् भने केहीले लाभांश मात्रै घोषणा गरेका छन ।
उनीहरुले घोषणा गरेको लाभांश लगानीकर्ताले भने सम्बन्धित कम्पनीको नियामक निकाय र उनीहरुको साधारण सभाले पारित गरेपछि मात्रै पाउने छन ।

बिहीबारसम्म ६९ वटा बढी बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । अहिलेसम्ममा लाभांश घोषणा गर्नेमा वाणिज्य बैैंक १९, विकास बैंक ४, माइक्रोफाइनान्स कम्पनी ३७, जलविद्युत लगायत अन्य ७ वटा कम्पनी रहेका छन। अन्य कम्पनीले पनि लाभांश घोषणा गर्ने क्रमलाई बढाएका छन ।

नेप्सेमा सूचिकृत २७ वटा बाणिज्य बैंकमध्ये अहिलेसम्म १९ वटाले मात्रै लाभांशको घोषणा गरेका छन् । ९ वटा बैंकले अहिलेसम्म लाभांशको घोषणा गरेका छैनन ।

लाभांश घोषणा गरेका बैंकहरुले यो वर्ष मेगा र स्टयान्र्डर्ड चार्टड बैंक र सिभिल बैंकले मात्रै नगद लाभांश दिएका छन । बाँकी बैंकहरुले भने बोनस र नगद नै दिएका छन ।

सेयर बजारमा गिरावट आइरहेको समयमा बैंकहरुले लगानीकर्तालाई बोनस दिँदा केही हदसम्म राहत महशुस हुने लगानीकर्ताको भनाई छ ।

हेर्नुहोस् कस्को कति ?

२०७६ कात्तिक २१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com