Logo

सूर्या लाइफको ३ लाख ९ हजार ३०२ कित्ता अवितरित हकप्रद आइतवारदेखि लिलामीमा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ३ लाख ९ हजार ३०२ कित्ता अवितरित हकप्रद शेयर कात्तिक २४ गते आइतवारदेखि लिलामीमा आउने भएको छ ।

कम्पनीले यस अघि भदौ ८ देखि अशोज १२ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको २७ हजार ३८९ दशमलव २ र सर्वसाधारण तर्फको २ लाख ८१ हजार ९१२ दशमलव ८ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

मंसिर १ गतेसम्म यो शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । प्रतिशेयर रू. १०० तोकिएकाले बोलकबोल गर्दा सो भन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ ।

आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम संस्थापकतर्फ सम्पूर्ण कित्ता र सर्वसाधारणतर्फ ५० हजार कित्तासम्म माग गर्न सकिनेछ ।

बोलपत्र आवेदनफारम पाउने र बुझाउन स्थानहरुमा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र सूर्या लाइफ इन्स्योरेन्सको उपत्यका बाहिरका पर्सा, बाँके, बुटवल, कास्की, कैलाली, सुर्खेत र सुनसरी रहेका छन ।

२०७६ कात्तिक २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com