back
NMB ad

सरकारले युवा कृषि उद्यमीलाई २० लाख रुपैयाँ अनुदान दिने, यस्तो छ प्रक्रिया

Kumari bank ad

काठमाडौं । सरकारले युवा कृषि उद्यमीलाई २० लाख रुपैयाँ अनुदान दिने भएको छ । युवाहरूलाई कृषिमा आकर्षित गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सो कार्यक्रम ल्याएको हो ।

कृषि उद्यमी तथा कृषि कर्म गर्न चाहने युवाहरूले कुल लागतको ५० प्रतिशत रकम सरकारले दिने मन्त्रालय जनाएको छ ।
मन्त्रालयका अनुसार १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका युवालाई सो अनुदान पाउनेछन् ।

सरकारले अनुदान युवा कृषि उद्यमी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७६÷७७ देखि लागू हुने कार्यक्रम सञ्चालन हुनेगरी कार्य्विधि तयार पारेको छ ।

कार्यक्रम सञ्चालनका लागि सातवटा प्रदेशका २४ वटा जिल्लालाई छनोट गरेको छ । युवा कृषि कार्यक्रम सञ्चालन जिल्लाका प्रदेश १ का चारवटा जिल्लालाई छनोट गरेको छ ।

सुनसरी झापा, भोजपुर, ताप्लेजुङ जिल्लाकालाई छनोट गरेको छ । यसैगरी प्रदेश २ मा रौतहट, सर्लाही र बारा जिल्ला, प्रदेश ३ मा धादिङ, सिन्धुपाल्चोक, चितवन, काठमाडौं ललितपुर र भक्तपुर जिल्लालाई छनोट गरेको छ ।

यसैगरी, गण्डकी प्रदेश बागलुङ, पर्वत, गोरखा, नवलपरासी सुस्तापूर्वलाई कार्यक्रम सञ्चालनका लागि छनोट गरेको छ । यसैगरी, प्रदेश ५ का गुल्मी, अर्घाखाँची, रोल्पा, प्यूठान, कपिलवस्तु, रुकुम सल्यान, रुकुमपूर्वलाई छनोट गरेको छ । कर्णाली प्रदेशमाका सल्यान र रुकुम पश्चिमलाई छनोट गरेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर र कैलाली जिल्लामा कार्यक्रम सञ्चालन लागि छनोट गरेको छ । युवा कृषि उद्यमीलाई अनुदानका कार्यक्रम सञ्चालनका लागि पहिलो प्रथामिकता गाउँपालिका, नगरपालिका र उप वा महानगरपालिकालाई राखेको छ । अनुदान लिन युवा कृषि उद्यमीले माध्यमिक शिक्षा पास भएको हुनुपर्ने छ । वैदेशिक रोजगारीबाट फिर्ता भएका वा कृषि व्यवासय तालिम लिएको युवालाई प्रथामिक दिइने मन्त्रालय जनाएको छ ।

अनुदानको प्रक्रिया

अनुदान प्रक्रियाअन्तर्गत प्रदान गरिने अनुदान रकम बढीमा २० लाख रुपैयाँसम्म पाउनेछन् । नेपाल सरकारले स्वीकृत गरेको कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यविधि २०७६ अनुरूप हुनेछ ।

उत्पादनमुखी व्यवसायका लागि आवेदकले सम्झौता गर्नुपूर्व बाली पशुधन तथा मत्स्य बिमा गरेको हुनुपर्नेछ । तोकिएको व्यवसायमा बिमाको प्रावधान नभएको हकमा बिमा अनिवार्य हुने छैन ।

बिमा नभएको अवस्थामा व्यवसायमा हुने सम्भावित क्षतिको जिम्मेवारी आवेदक स्वयंको हुनेछ । यसैगरी, कार्यक्रम कार्यान्वयन स्थलमा सञ्चालन गरिएको क्रियाकलाप कुल लागत, मन्त्रालयले उपलब्ध गराउने अनुदान रकम वा सामग्री र अनुदानग्राहीको सहभागिता रकमसहितको जानकारीमूलक होल्डिङ बोर्ड राख्नुपर्नेछ ।

कृषि विभाग र पशुसेवा विभागअन्तर्गत कार्यान्वयन हुनेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका सम्बन्धित जिल्लामा परियोजना कार्यान्वयन इकाइ तथा कृषि ज्ञान केन्द्रमार्फत कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
कार्यक्रमअन्तर्गत खासगरी पुँजीगत खर्च मेसिनरी, औजार, बीउ, उन्नत नश्लका राँगा, साँढे, बोकामा अनुदान दिइनेछ । तर, ढुवानीका साधनका खरिदका लागि अनुदान नदिइने मन्त्रालयले जनाएको छ ।
कार्यक्रम सञ्चालन गर्न संघीय सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको अध्यक्षतामा एक निर्देशक समिति रहनेछ । तीन जना विज्ञ सहभागी गराइने समितिले कार्यक्रम सञ्चालन प्रक्रियामा आइपर्ने समस्या समाधान गर्न निर्देशन दिनेछ ।
अनुदानग्राहीले कार्यक्रम कार्यन्वयन इकाइले ३० दिनको म्याद दिई सूचना प्रकाशित गरेपछि आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । अनुदानग्राहीले आवेदन अनलाइनमार्फत भर्न सक्नेछन् ।

उत्पादनमुखी व्यवसायका लागि आवेदकले बाली, पशुधन तथा मत्स्य बिमा गरेको हुनुपर्नेछ । तर, तोकिएको व्यवसायमा बिमाको प्रावधान नभएको हकमा भने बिमा अनिवार्य नहुने मन्त्रालयले जारी गरेको प्रतिवेदन भनिएको छ । आवेदकले होल्डिङबोर्डसहित व्यवसायीको नाम, प्रकृति, कुल लागत, अनुदानलगायतका देखिनेगरी राख्नुपर्नेछ ।

२०७६ कात्तिक २५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २५ सोमवार ०९:४४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...