back
NMB ad

शिक्षकलाई तलब खुवाउने विकल्प नै महायज्ञ !

Kumari bank ad

काठमाडौं । पछिल्लो समयमा देशका विभिन्न स्थानहरुमा शिक्षकलाई तलब खुवाउन महायज्ञ संचालन गरिन्छ । गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माविमा शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ गरिएको छ ।

विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ सञ्चालन गरेको जनाएको छ ।

विद्यालयमा कात्तिक २२ गतेदेखि धार्मिक महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञ कात्तिक २८ गतेसम्म चल्ने विद्यालयका प्रध्यानाध्यापक राजु चन्द बोहोराले जानकारी दिए ।

माध्यमिक तहसम्म सञ्चालन भएको विद्यालयमा मावि तहमा हाल १ जनाको मात्रै शिक्षक दरबन्दी छ । अन्य तहमा पनि ४ जनाको मात्रै दरबन्दी छ ।

विद्यालयलाई आवश्यक पर्ने अन्य नौ शिक्षक निजी स्रोतबाटै नियुक्त गरिएको छ, जसले गर्दा तलब खुवाउन समस्या भएकाले माध्यमिकस्तर दिगो समयसम्म कायम राख्न नसकिने भन्दै माध्यमिक स्तरलाई दिगो समयसम्म सञ्चालन गर्नका लागि महायज्ञ सञ्चालन गरिएको जनाइएको छ ।

‘धेरैपटक मन्त्रालयमा दरबन्दीको लागि गयौं तर उपलब्ध भएन,’ प्रध्यानाध्यापक बोहोराले भने, ‘माविलाई दिगो समयसम्म सञ्चालन गर्न महायज्ञ चलाउनुको विकल्प देखिएन ।’

विद्यालयमा उच्च शिक्षा सञ्चालन गर्ने भनिएतापनि त्यसको भने केही निश्चिचता नभएको उनले बताए । महायज्ञमा संकलन र बचत हुने रकमका आधारमा उच्च शिक्षाको निर्णय लिइने उनले बताए ।

नगद पण्डितलाई, बाँकी आयोजकलाई

जिल्लामा भएका धार्मिक महोत्सवमध्ये अधिकांशं विद्यालयद्वारा आयोजना गरिएका छन् । केही महायज्ञ स्थानीय तह र धार्मिक संस्थाको संयुक्त आयोजना तथा केही पण्डित आफैं आयोजक भएर पनि धार्मिक महायज्ञ गर्ने गरेका छन् ।

यस्ता धार्मिक महायज्ञमा पण्डितले उठेको रकम जति आफूले लैजाने र बाँकी बोलकबोल रकम आयोजक संस्थालाई छाड्ने गरेको पाइएको छ ।

अधिकांश ठाउँमा विद्यालय र पण्डितको समूहबीच अग्रिम रकमको सम्झौता भई महायज्ञ हुने गरेको समेत पाइएको छ । रघुफेदीको महायज्ञ पण्डित नारायण न्यौपानेले सञ्चालन गरिरहेका छन् ।

अहिलेसम्म उनले लैजाने रकमको सुनिश्चितता भएको छैन तर उठेको रकमको आधारमा पण्डितलाई त्यसको केही प्रतिशत रकम दिइने छ ।

स्थानीयको रकम बाहिरिँदै

विभिन्न ठाउँमा सञ्चालन गरिने धार्मिक महायज्ञमा अधिकांश रकम बाहिर जाने गरेको छ । स्थानीयले विद्यालयको भलाइका लागि भनेर दिएको रकम पण्डित, प्रचारप्रसार र अतिथि सत्कारलगायतका विभिन्न कार्यमा प्रयोग हुन्छ । त्यसले गर्दा महायज्ञबाट संकलित रकम विद्यालयमा प्रयोग हुन पाउँदैन ।

नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले धार्मिक महायज्ञका नाममा व्यापार भइरहेको प्रतिक्रिया दिए । महायज्ञ गर्ने भए पण्डित, कलाकार, महायज्ञमा आवश्यक अन्य सामग्री सबै स्थानीयस्तरकै हुनुपर्ने बताए ।

२०७६ कात्तिक २६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २६ मंगलवार ०९:५५ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...