काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको हात्तिगौंडामा शाखा खोलेको छ ।शाखाको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले गरेका छन्।
कार्यक्रममा बैंकका सञ्चालक डा आनन्दप्रसाद श्रेष्ठ पनि उपस्थित थिए ।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले उद्यमशीलता विकासका लागि बैंकले पूँजी परिचालन गर्ने बताए ।
देशभर ९० शाखा पुगेका बैंकका ४६ एटिएम छन् ।
२०७६ कात्तिक २६ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २६ मंगलवार १७:४१ मा प्रकाशित