back
NMB ad

१८ बर्षअघि धारिलो हतियार प्रहार गरी हत्या गर्ने धादिङका २ जना आरोपीहरू पक्राउ

Kumari bank ad

काठमाडौ । धादिङको खनियावास गाउँपालिका ३ (साविकको दार्खा गाविस वडा २ ) का गोम लामा तामाङ र सुक लामा तामाङ १८ वर्षअघि कर्तव्य गरि ज्यान मारेको आरोपमा पक्राउ परेका छन ।

२०५९ साल कात्तिक २९ गते साविकको दार्खा गाविस वडा नं २ देउरालीमा भारतीय सेनामा कार्यरत सोही ठाउँका २४ वर्षीय परशुराम तामाङको कुटपिटबाट हत्या भएको थियो ।

धारिलो हतियार प्रहार गरि कुटपिट भएलगत्तै गम्भीर घाइते भएका परशुरामलाई उनकी श्रीमती छन्दर तामाङले उपचारको लागि स्वास्थ्य चौकी र्पुयाएपनि उनको मृत्यु भएको थियो ।

श्रीमानको मृत्यु भएपछि कुटपिटमा संलग्न ६ जना विरुद्ध श्रीमती छन्दर तामाङले कर्तव्य ज्यान मुद्धा दायर गरेकी थिइन् ।
मुद्धा दर्ता भएदेखि फरार रहेका गोम लामा र सुक लामालाइ काठमाडौंमा लुकिछिपि बसिरहेको अवस्थामा धादिङ प्रहरीको अनुरोधमा केन्द्रीय अनुसन्धान ब्यरोको टोलीले पक्राउ गरि धादिङ प्रहरीलाइ बुझाएको हो ।

पक्राउ परेकालाई सोमबार नै जिल्ला अदालत धादिङमा उपस्थित गराइ म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको धादिङ प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले बताए ।

उनले भने, ’हामीले त्यो बेलाको मिसिल सबै अध्ययन गरिरहेका छौँ, उनीहरुको पनि संलग्नना देखिएकाले पक्राउ गरेका हौँ ।’

वि.सं.२०७६ कात्तिक २७ बुधवार ११:४६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...