back
NMB ad

भिआइपीको नाममा कर्मचारीलाई जथाभावी नथर्काउनुहोस् : मन्त्री भट्टराई

Kumari bank ad

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले भिआइपीका नाममा कर्मचारीलाई जथाभावी नथर्काउन आग्रह गरेका छन ।

बुधबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा त्रिभुवन विमानस्थल सुधारबारे छलफल गर्न पुगेका मन्त्री भट्टराईले भिआइपीको नाममा कर्मचारीलाई थर्काउने प्रवृत्ति हटाउन आग्रह गरेका हुन ।

छलफलमा समितिका धेरै सदस्यहरूले विमानस्थलमा सांसद तथा भिआइपीलाई कर्मचारीले नचिनेर दुस्ख दिने गरेको गुनासो राखेपछि मन्त्री भट्टराईले प्रत्युत्तरमा यस्तो बताएका हुन ।

भिआइपीको नाममा पनि मापदण्ड विपरीत गर्न खोज्ने, कर्मचारीलाई धम्क्याउने, जागिर खाइदिन्छु भन्दै थर्काउने प्रवृत्ति देखिएको छ’, भट्टराईले भने, ’यस्तो नगरौँ, भिआइपीले आफ्नो चेतना बढाएमा मात्रै धेरै समस्या समाधान हुने देखिन्छ ।’

छलफलका क्रममा पूर्व रक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता भीमसेनदास प्राधानले विमानस्थलको भिआइपीको ’भ्यालु’ नै नहुने गरी कर्मचारीले रुखो स्वरमा बोलेर मर्यादा नराखिदिएको बताए ।

’हामी सांसदको त केही भ्यालु नै हुँदैन, मर्यादा पनि राखिएको देखिँदैन, सर्वसाधरणको अगाडि गिराउने काम गरिएको हुन्छ’, प्रधानले भने। प्रधानले जस्तै समान धारणा धेरै सदस्यहरूले राखेका थिए ।

भिआइपीलाई नै नचिनेर जथाभावी बोल्ने र सुरक्षा जाँच गर्ने गरेको गुनासो उनीहरूको थियो । मन्त्री भट्टराईले यस्तो विषयलाई प्रतिष्ठासँग नजोड्न पनि आग्रह गरेका छन ।

उनले भिआइपी सुरक्षा मापदण्ड अनुसार प्रयोग गर्न पनि आग्रह गरेका छन्। भिआइपी सुरक्षा प्रयोग नगर्दा पनि सानो नभइने पनि मन्त्री भट्टराईको तर्क छ । उनले आफू मन्त्री हुनुभन्दा पहिले त्यस्तो सुविधा नलिएको दाबीसमेत गरेका छन ।

२०७६ कात्तिक २७ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २७ बुधवार १६:४२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...