back
NMB ad

कर्मचारी र पदाधिकारीको तलबभत्तामा ४१ अर्ब, हेर्नुहोस् ! कुन शीर्षकमा कति खर्च ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनासम्म अर्थात् साउन, भदौ र असोज महिनामा कर्मचारी र उच्च पदस्थ पदाधिकारीको तलब र भत्तामा ४१ अर्ब रुपैयाँभन्दा बढीको खर्च भएको छ ।

त्यस्तै करार कर्मचारीको सेवा र परामर्श तथा शेवा शुल्कको लागिसमेत भुक्तानी रकमलाई हेर्दा ४४ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।

सरकारले सार्वजनिक खर्चलाई घटाउनको लागि विभिन्न पटक समिति, बोर्ड तथा आयोग बनाएर कार्यपत्र बनाई मितव्ययिताको योजना तयार गरे पनि त्यसअनुसार खर्च नहुँदा ठूलो रकम खर्च भएको देखिएको छ । उल्लेखित शीर्षक बाहेक, इन्धन, पानी, बिजुली भाडा शीर्षकमा पनि ठूलो रकम खर्च भएको छ ।

कुन शीर्षकमा कति खर्च ?

असोज मसान्तसम्ममा कर्मचारीको तलब शीर्षकमा ३७ अर्ब ८८ करोड १३ लाख रुपैयाँ खर्च भएको छ । यो शीर्षमा ८६ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा तीन महिनाको अवधिमा ४६ प्रतिशत खर्च भएको छ ।

त्यस्तै, पदाधिकारीको पारिश्रमिक शीर्षकमा ५९ करोड ५९ लाख रुपैयाँ खर्च भएको छ । पदाधिकारीको लागि दुई अर्ब ६० करोड रुपैयाँ रकम विनियोजन गरिएकोमा तीन महिनाको अवधिमा २३ प्रतिशत रकम खर्च भएको छ ।

पदाधिकारीको अन्य सुविधा शीर्षकमा दिइने खर्च पाँच करोड १९ लाख रुपैयाँ रहेको छ । यस शीर्षकको लागि ३० करोड रुपैयाँ रकम विनियोजन गरिएको छ ।

करार सेवामा सरकारले चालु आर्थिक वर्षको लागि १० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । असोज मसान्तसम्म यो शीर्षकमा तीन अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ भने परामर्श तथा शेवा शुल्क शीर्षकमा २९ करोड ६० लाख रुपैयाँ खर्च गरिएको छ । यो शीर्षकमा ६० करोड रुपैयाँ विनियोजन गरेको छ ।

भत्तातर्फ पोसाकको लागि एक करोड रुपैयाँ मात्रै भुक्तानी गरिएको छ । यो शीर्षकमा एक अर्ब ९० करोड रुपैयाँ विनियोजन छ । महँगी भत्ताका लागि एक अर्ब ३४ करोड रुपैयाँ भुक्तानी गरिएको छ। यस शीर्षकमा चार अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएकोमा यो शीर्षकमा २९ प्रतिशत खर्च भएको छ ।

कर्मचारी बैठक भत्ता शीर्षकमा चार अर्ब ५० करोड विनियोजन गरिएकोमा अहिलेमसम्म भुक्तानी नभएको महालेखाले जनाएको छ ।

अन्य भत्ता शीर्षकमा ३९ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएकोमा १४ अर्ब १८ करोड रुपैयाँ तीन महिनामा खर्च भइसकेको छ । कर्मचारीको बैठक भत्ता र तालिम खर्च शीर्षकको रकम अहिलेसम्म खर्च भएको छैन।

२०७६ कात्तिक २८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २८ बिहीवार ०९:१७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...