काठमाडौं । हिमालयन बैंकले शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यो अघिल्लो आर्थिक वर्षमा १६ प्रतिशत मात्र लाभांश दिएको बैंकले ६ प्रतिशत बढाएर २२ प्रतिशत लाभांश दिन लागेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १२ प्रतिशत नगद लाभांश दिनेछ ।
यसैगरि ८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ पुगेको थियो ।
२०७६ कात्तिक २८ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २८ बिहीवार ११:०९ मा प्रकाशित