काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षकहरुको बढुवा गर्न थालेको छ । आयोगले कार्यसम्पादन मुल्याङ्कनको आधारमा दुई प्रदेशको शिक्षकरुको बढुवा गरेको छ ।
एक सूचना जारी गर्दै शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा र शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ३ हेटौडाले बढुवा गरेको जानकारी गराएको हो ।
सूचनामा बढुवाका लागि निवेदन पर्न आएका उम्मेद्वाराहरु मध्ये आयोगको नियमावली २०५७ को परिच्छेद ४ को उपनियम ३३ बमोजिम सबैभन्दा बढी अंक ल्याउने उम्मेदवारहरुको बढुवा गरिएको जनाएको छ ।
बढुवा समितिले गरेको बढुवाउपर चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिन सक्नेछन ।
२०७६ मंसिर ०१ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १ आइतवार ०९:१६ मा प्रकाशित