काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको हकप्रद शेयरमा पूर्ण आवेदन नपरेपछि नबिकेको शेयर लिलामीमार्फत विक्री गर्न लागेको छ ।
कम्पनीले संस्थापकतर्फको १ लाख ५७ हजार ६४९ दशमलव ६० कित्ता तथा सर्वसाधारणतर्फको ३ लाख ४१ हजार ५४३ कित्ता गरी कुल ४ लाख ९९ हजार १९२ दशमलव ६० कित्ता शेयर लिलामीमार्फत विक्रिमा ल्याउन लागेको हो । लिलामी शेयरमा मंसिर १० गतेदेखि १७ गतेसम्म आवेदन दिन सकिन्छ ।
यसअघि कम्पनीले भदौ ३ गतेदेखि असोज २३ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । हकप्रदमा पूर्ण आवेदन नपरेपछि कम्पनीले बोलकबोल बढाबढ गरी शेयर विक्री गर्न लागेको हो ।
आवेदकहरुले लिलामी शेयरमा आवेदन दिँदा न्यूनतम १०० वा सो भन्दा बढीका १० अंकले भाग जाने सङ्ख्या र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन । शेयरको न्यूनतम मूल्य रू. १०० तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।
उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संस्थाहरुले एनएमबि क्यापिटल लिमिटेड, एनएमबि बैंकका शाखा कार्यालयहरुमार्फत गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्ने हुन्छ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
२०७६ मंसिर ०३ गते प्रकाशित
वि.सं.२०७६ मंसिर ३ मंगलवार ०८:४७ मा प्रकाशित