back
NMB ad

सेयरमा बजारमा ८ करोड कित्ता आइपीओ आउँदै

Kumari bank ad

काठमाडौं । नेपाली पुँजी बजारको अहिलेसम्मकै ठूलो आइपीओ आउने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ करोड कित्ता आइपीओ ल्याउने भएको छ ।

मंसिर २९ गते साधारण सभा डाकेको यस बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ ल्याउने प्रस्ताव पेश गर्दैछ । सभाबाट पारित भएमा बैंकले नेपाली धितोपत्र बोर्डमा आवेदन दिने प्रक्रिया अघि बढाउनेछ । यो नेपाली पुँजी बजारको अहिलेसम्मकै ठूलो आइपीओ हुनेछ ।

सभा र्या्डिसन होटल, लाजिम्पाटमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । आइपीओ जारी प्रस्तावसँगै बैंकको चुक्ता पुँजी पनि १२ अर्ब बाट बढाएर २० अर्ब पुर्याउने एजेन्डा हुनेछ ।

सोही अनुसार बैंकको प्रबन्धपत्र संशोधन गरिने एजेन्डा पनि छ । संस्थापक समूहबाट प्रतिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।

आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

यस बैंकले हाल कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनामा लगानी गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रिजर्भ कोषमा ९७ करोड ४८ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २० पैसा रहेको छ ।

२०७६ मंसिर ०३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३ मंगलवार १०:२३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...