back
NMB ad

सेयर बजार लगातार ओरालो

Kumari bank ad

काठमाडौं । सेयर बजारमा आज पनि गिरावट आएको छ । यो साताको लगातार चौथो गिरावट हो । बुधबार नेप्से सूचक १.६५ अंकले घटेर ११२८.३४ विन्दुमा झरेको छ।

त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव २५ अंकले घटेको छ। आज कुल १ सय ६५ कम्पनीको १० लाख कित्ता सेयर बिक्री भएको छ ।

दिनभरिमा ५ हजार ३ सय २८ पटकको खरिदबिक्रीपश्चात् ३० करोडको कारोबार भएको छ । आज कुल बजार पुँजीकरण १४ खर्बको र तरल बजार पुँजीकरण ५ खर्बको रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

कुल १२ समूहको कारोबार भए पनि १० समूहको कारोबार सूचक घटेको छ । वाणिज्य बैंक र व्यापार समूहको सूचक मात्रै आज हरियो छ ।

कारोबारका आधारमा एनएमबी बैंकको ३ करोड ५४ लाखको, नेपाल बैंकको २ करोड ६८ लाखको, नबिल बैंकको २ करोड १८ लाखको र प्राइम कमर्सियल बैंकको १ करोड २२ लाखको सेयर कारोबार भएको छ। यसबाहेक कुनै पनि कम्पनीको कारोबार करोड नाघ्नसकेको छैन ।

कमाइमा भने आज पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ता अगाडि छन । कम्पनीका सेयरधनीले ९.९७ प्रतिशत अर्थात् प्रतिकित्ता १ सय २५ रुपैयाँ आम्दानी गरेका छन ।

त्यस्तै, घोडीघोडा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९२ प्रतिशत अर्थात् ५२ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन ।
त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका सेयरधनीले पनि आज ८.०२ प्रतिशत अर्थात् प्रतिकित्ता ९५ रुपैयाँ आम्दानी गरेका छन् ।

अन्य कम्पनीको कमाइ यो भन्दा न्यून रहेको छ। गुमाउनेमा भने आज रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनी परेका छन्। कम्पनीको सेयर मूल्यमा ६.६७ प्रतिशत गिरावट आएपछि सेयरधनीले प्रतिकित्ता ५ रुपैयाँ गुमाएका छन ।

२०७६ मंसिर ०४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ४ बुधवार १६:०५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...