back
NMB ad

नेपाल भित्रने रेमिट्यान्समा खाडी मुलुककै वर्चस्व, कुन देशबाट कति ?

Kumari bank ad

काठमाडौं । नेपाल भित्रने रेमिट्यान्समा खाडी मुलुककै बर्चस्व देखिएको छ । विश्व बैंकका अनुसार बैंकका अनुसार नेपालमा ३९ मुलुकबाट रेमिट्यान्स प्राप्त हुने गरेकोमा खाडी मुलुकबाट सर्वाधिक रेमिट्यान्स भित्रने गरेको छ ।

विश्व बैंकले चालू वर्ष सन् २०१९ मा नेपाल भित्रने रेमिट्यान्स ८ अर्ब ६४ करोड ३० लाख अमेरिकी डलर (९ खर्ब ८५ अर्ब रुपैयाँ) पुगेको जनाएको छ ।

बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार सन् २०१९ मा नेपाल भित्रिने रेमिट्यान्स यहाँको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २९.९ प्रतिशत हो ।

बैंकका अनुसार सन् २०१८ मा नेपालमा ८ खर्ब ३१ करोड डलर रेमिट्यान्स भित्रिएको थियो । यस्तै, नेपालमा ३९ मुलुकबाट रेमिट्यान्स प्राप्त हुने गरेकोमा खाडी मुलुकबाट सर्वाधिक रेमिट्यान्स भित्रने गरेको छ ।

रेमिट्यान्स प्रवाहका आधारमा कतार पहिलो नम्बरमा छ भने साउदी अरब दोस्रो स्थानमा र भारत तेस्रो स्थानमा छ । बैंकका अनुसार सन् २०१८ मा कतारबाट २ अर्ब २२ करोड ७० लाख अमेरिकी डलर, साउदी अरवबाट २ अर्ब ३ करोड ९० लाख डलर र भारतबाट १ अर्ब ३३ करोड ७० लाख डलर रेमिट्यान्स भित्रिएको छ ।

नेपाली कामदारहरू जाने क्रम घटेसँगै मलेसियाबाट भित्रने रेमिट्यान्समा व्यापक गिरावट आएको छ । सन् २०१८ मा मलेसियाबाट ७४ करोड ५० लाख डलर रेमिट्यान्स भित्रिएको बैंकको तथ्यांकमा उल्लेख छ ।

चौथो स्थानमा रहेको अमेरिकाबाट ५७ करोड २० लाख डलर, पाचाँै स्थानमा रहेको कुबेतबाट ३० करोड १० लाख डलर, छैठौं स्थानमा रहेको बेलायतबाट २० करोड १० लाख डलर, सातौ स्थानमा रहेको अष्ट्रेलियाबाट २१ करोड ६० लाख डलर, आठौं स्थानमा रहेको यूएईबाट १३ करोड ६० लाख डलर, नवौं स्थानमा रहेको बंगलादेशबाट ९ करोड १० लाख डलर र दसौं स्थानमा रहेको हङकङबाट ४ करोड ६० लाख अमेरिकी डलर भित्रिएको छ ।

यसैबीच, नेपालमा भित्रने रेमिट्यान्सको तथ्यांकमा विश्व बैंकले विश्वव्यापी द्विपक्षीय प्रवाहका आधारमा निकाल्ने तथ्यांक र नेपाल राष्ट्र बैंकले निकाल्ने तथ्यांकबीच व्यापक भिन्नता देखिएपछि राष्ट्र बैंकले पुनरावलोकन थालेको छ ।

राष्ट्र बैंकको विवरणले यसअघि अमेरिकाबाट सर्वा्धिक रेमिट्यान्स भित्रने गरेको उल्लेख गर्दै आएको थियो भने भारतबाट प्राप्त हुने रेमिट्यान्सका विषयमा अभिलेख फरक पर्दै आएको थियो ।

औपचारिक माध्यमबाट भित्रने र हुन्डी(ह्यान्डक्यारी (व्यक्ति आफैले बोकेर ल्याउने) रेमिट्यान्स रकमको अनुमानमा समेत विश्व बैंक र राष्ट्र बैंकको विवरणमा फरक पर्दै आएको छ ।

विश्व बैंकका तथ्यांकले दक्षिण कोरियाबाट ४ करोड ५० लाख डलर भित्रिएको देखिन्छ भने राष्ट्र बैंकको विवरणले ३ करोड डलरको हाराहारीमा मात्र कोरियाबाट रेमिट्यान्स आएको देखिन्छ ।

पछिल्लो समयमा औपचारिक माध्यमबाट भित्रने रेमिट्यान्स बढेको भए पनि औपचारिक कामदार कम रहेको अमेरिकाबाट सर्वाधिक रेमिट्यान्स भित्रनु अस्वाभाविक देखिएपछि राष्ट्र बैंकले रेमिट्यान्स प्रवाहसम्बन्धी अभिलेखकै पुनरावलोकन थालेको केन्द्रीय बैंकका एक वरिष्ठ अधिकारीले जानकारी दिए । कारोवार दैनिकबाट

२०७६ मंसिर ०५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ५ बिहीवार ०९:०४ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...