काठमाडौं । सिद्धार्थ बैंकले ग्राहकहरुलाई प्रभावकारी सुविधा पुर्याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । बैंकले हात्तीसार शाखाबाट यो सेवा सुरू गरेको छ ।
बैंकले आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमशस् विस्तार गरिने छ । बैंकका अनुसार चेक डिपोजिट मेसिन सञ्चालनमा आएपछि सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन् ।
आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट बैंकद्वारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहज तथा छरितो हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
२०७६ मंसिर ०५ गते प्रकाशित
वि.सं.२०७६ मंसिर ५ बिहीवार ०९:२९ मा प्रकाशित