back
NMB ad

त्रिभुवन विमानस्थल पुसदेखि २४ सै घन्टा सञ्चालन हुने

Kumari bank ad

काठमाडौं । देशको एक्लो अन्तर्रा्ष्ट्रिय विमानस्थलआगामी पुसदेखि २४ सै घन्टा सञ्चालन हुने भएको छ।

मन्त्रालयस्तरीय विकास समस्या तथा समाधान समितिको बुधबार बसेको बैठकमा चालु आर्थिक वर्षको पहिलो चौमासिक नीति तथा कार्यक्रम र बजेटको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भ्रमण वर्षको पूर्वसन्ध्यामा २४सै घन्टा सञ्चालन गर्ने गरी सुधारको काम भइरहेको जानकारी दिइयो।

त्यस्तै, राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको निमार्णाधीन गौलमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको बाँकी काम सम्पन्न गरी सन् २०१९ भित्रै सञ्चालनमा ल्याउने गरी काम भइरहेको पनि सो अवसरमा जानकारी दिइयो।

पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल सन् २०२१ को सुरुदेखि सञ्चालन गर्ने गरी निर्माणकार्यमा तीव्रता दिइएको तथा निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको पनि निमार्ण कार्य शीघ्रसुरुहुने पनि उक्त बैठकमा जानकारी गराइयो।

बैठकमा गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण कात्तिक महिनाभित्र ८४ प्रतिशत सकिएको र नयाँ रनवे पूर्व र पश्चिम ट्रेन्च खनी एचडिपी पाइप लेआउटको काम सम्पन्न भइसकेको जानकारी दिइयो।

त्यस्तै, पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निमार्ण कात्तिकमा मात्रै सात प्रतिशत सम्पन्न भएको र हालसम्म ५० प्रतिशत सकिएको जनाइएको छ।

उक्त विमानस्थलको टर्मिनल भवनको पहिलो तल्लाको ढलान भइसकेकोे छ। दोस्रो तल्लाको स्टिल स्ट्रक्चर र ट्रस राख्ने काम भइरहको छ। एक्सेस रोडको लागि जमिन खन्ने र पुर्ने काम भइरहेको पनि बैठकमा जानकारी दिइयो।

त्यस्तै, निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निमार्ण कार्य अघि बढाउन मन्त्रिपरिषद्मा निर्णयकालागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भइसकेको जनाइएको छ।

हाल विमानस्थल निर्माणको लागि मोडालिटी तय गर्न सम्बद्ध मन्त्रालय तथा निकायसँग बैठक तथा छलफल भइरहेको पनि बैठकमा जानकारी गराइएको छ।नागरिक दैनिकमा खवर छ ।

२०७६ मंसिर ०५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ५ बिहीवार ०९:३८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...