back
NMB ad

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ परिपक्क, १६ कम्पनीको शेयर लिलामीमा

Kumari bank ad

काठमाडौं । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ कार्तिक २ गतेदेखि परिपक्क भएपछि कोष व्यवस्थापक एनएमबि क्यापिटलले आफ्नो स्वामित्वमा रहेका १६ कम्पनीको शेयर मंसिर ५ गतेदेखि लिलामी बढाबढ मार्फत बिक्रीमा ल्याएको छ ।

कोषले ११ कम्पनीको ४७ हजार ६७० कित्ता शेयर र पाँच बैंकको एक लाख ७४ हजार कित्ता डिबेञ्चर लिलामी मार्फत बिक्री गर्न लागेका हो ।

जसमा दुई वाणिज्य बैंक, तीन विकास बैक, ५ वटा लघुवित्त कम्पनी र लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को साधारण शेयर रहेका छ ।

फण्डले आफ्ना ईकाईधनीहरुको रकम फिर्ता गर्न उक्त कम्पनीहरुको शेयर लिलामी गर्ने भएको हो। इच्छुक लगानीकर्ताले मंसिर ५ गते विहीबारदेखि मंसिर ११ गते बुधबारसम्म आवेदन गर्न पाउनेछन् । उक्त बोलपत्र मंसिर १२ गते खुला गरिने जनाइएको छ ।

क्यापिटलले अधिकांश शेयरहरु दोस्रो बजार मार्फत बिक्री गरेको भएको पनि हालै घोषित बोनस, सूचीकृत हुन बाँकी हकप्रद तथा मर्जरको क्रममा रहेका केही कम्पनीहरुको शेयर मात्र लिलामी गर्न लागेको बताएको छ ।

क्यापिटलले लिलामीमा गर्न लागेको कम्पनीहरुको न्यूनतम शेयरको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ र ऋणपत्रको न्यूनतम एक हजार रुपैयाँ भन्दा धेरै मूल्य तोकिएको छ । सो वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्यमा लगानीकर्ताले आवेदन गर्न सक्नेछन् ।

२०७६ मंसिर ०५ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ५ बिहीवार १३:०६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...