Logo

नेशनल माइक्रोफाइनान्सको शेयर मुल्य समायोजन

काठमाडौं । सोमवार नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मुल्य समायोजन भएको छ । संस्थाको गत आर्थिक वर्षको प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

उक्त शेयर मूल्य समायोजन गरी प्रतिकित्ता एक हजार २८ रुपैयाँ ५७ पैसा कायम भएको छ । संस्थाले गत आर्थिक वर्षको कमाइबाट ७५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ सहित ५ प्रतिशत नगद लाभांश गरि कूल ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले मंसिर २९ गते छैठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

२०७६ मंसिर १६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com