Logo

स्थानीय तहका लेखा अधिकृतलाई संघ मातहत राख्न माग

काठमाडौं । लेखा अधिकृतले स्थानीय तहको आर्थिक प्रशासन प्रमुख पनि संघ मातहतमै राख्न माग गरेका छन । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघीय सरकार मातहत रहेजस्तै लेखा अधिकृत पनि सघीय सरकार मातहत नै हुनुपर्ने माग गरेका हुन।

सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई पत्र लेखी उनीहरुले स्थानीय तहमा समायोजन हुँदा वृत्ति विकासको अवसर बन्द भएको र एउटै तहबाट अवकाश पाउनुपर्ने अवस्था रहेको भन्दै संघमा रहेका समान तहका कर्मचारी सरह सरुवा बढुवा लगायतका प्रावधान स्थानीय तहमा समायोजित कर्मचारीमा पनि लागू हुनुपर्ने माग गरेका छन् ।

स्थानीय तहमा आफूभन्दा जुनियर प्रमुख प्रशासकीय अधिकृत मातहत काम गर्नुपरेको भन्दै कतिपय लेखा अधिकृतको मनोबल खस्केको पनि मन्त्रीलाई दिइएको पत्रमा जनाइएको छ ।

विदेशमा पनि लेखा समूहका कर्मचारी संघ मातहतमा नै राखिएको उदाहरण प्रंस्तुत गर्दै उनीहरुले नेपालमा लेखा समूहको पनि लेखा अधिकृतलाई मात्र स्थानीय तहमा समायोजन गर्दा अन्याय भएको गुनासो गरेका छन ।

२०७६ मंसिर १६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com