back
NMB ad

करारलाई स्थायी नियुक्ति : कर्मचारीहरुको तलबमा २० प्रतिशतसम्म वृद्धिको प्रस्ताव !

Kumari bank ad

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टका पदाधिकारी तथा कर्मचारीहरुको तलबमान वृद्धि गर्ने सैद्धान्तिक सहमती भएको छ ।

सोमबार बसेको नाष्टको ४३ औं सभाले कर्मचारीको तलबमा चालु आर्थिक बर्षबाट नेपाल सरकारले गरेको वृद्धिलाई आधार मानी १८ देखि २० प्रतिशत वृद्धिको प्रस्ताव माथि अर्थ मन्त्रालयको सहमति लिई प्रदान गर्ने निर्णय गरेको हो ।

राजपत्रांकित कर्मचारीहरुको लागि १८ प्रतिशतको दरले वृद्धि गरि खाईपाई आएको ग्रेडमा नघटने गरि प्रदान गर्ने गरि गरेको निर्णयलाई आधार मानि सोही अनुसार प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरुको तलबमान पदाधिकारी र राजपत्रांकित कर्मचारीहरुलाई १८ प्रतिशत र राजपत्रअनंकित कर्मचारीहरुलाई २० प्रतिशतका दरले वृद्धि गरि प्रदान गर्न अर्थ मन्त्रालयको सहमति लिई प्रदान गर्ने निर्णय गरियो ।

यस्तै नाष्टमा विगत १० वर्षदेखि करारमा कार्यरत वैज्ञानिक, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुलाई स्थायी गर्ने सम्बन्धमा अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग आपसि सहमति लिई आवश्यक कार्य अघि बढाउने निर्णय समेत सभाले गरेको छ ।

प्रतिष्ठानको प्रयोगशालामा कार्यरत कर्मचारीहरुलाई जोखिम भत्ता वितरण गर्ने सम्बन्धमा तयार पारिएको निर्दे्शिकाका बारेमा अर्थ मन्त्रालयसंग सहमति लिई स्वीकृत गर्ने पनि निर्णय भएको छ ।

नाष्टका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओली विरामी भएका कारण सहकुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा बैठक बसेको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना सहित शुरु भएको उक्त बैठकले प्रतिष्ठानबाट सम्पन्न गरिएका कार्यहरुको प्रगति विवरण सहितको वार्षिक प्रतिवेदन अनुमोदन गर्दै विभिन्न सात वटा निर्णय गरेको छ ।

सभाले चालु आर्थिक बर्षको कार्यक्रमहरु संचालन गर्नको लागि ४३ करोड १८ लाखको वार्षिक कार्यक्रम वजेट स्वीकृत गरेको छ । विभिन्न पुरस्कार स्थापना सहित १६ वटा विभिन्न पुरस्कारहरु २७ जनालाई प्रदान गर्ने निर्णय समेत सभाले गरेको छ ।

“खर्चको मापदण्ड सम्बन्धी कार्य्विधि २०७६” लाई स्वीकृत गर्दै सभाले प्रविधिको क्षेत्रमा क्रियाशिल सर्जकहरुलाई प्रोत्साहन र क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने, आफ्नै प्रयासमा वैज्ञानिक व्याख्या र उपयोगिता सहित विकसित नविनतम सिर्जनात्मक प्रविधिका प्रवर्तकहरुलाई अनुसन्धानको लागि सहयोग र प्रविधिमा सुधार गर्न समेत सहयोग पु¥याउने उद्देश्यले तयार पारिएको “सम्बृद्धिको लागि नवप्रवर्तन कार्यक्रम अन्तर्गत प्रविधि विकासको लागि अनुदान वितरण सम्बन्धी कार्यविधि, २०७६” लाई पनि स्वीकृत गरेको छ ।

२०७६ मंसिर १७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १७ मंगलवार १४:०४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...