back
NMB ad

आधा दर्जन विकास बैंकले मात्रै गरे लाभांश प्रस्ताव, कुन बैंकको कति ?

Kumari bank ad

काठमाडौ । आर्थिक वर्ष सुरु भएको ५ महिनासम्म आधा दर्जन विकास बैंकले मात्र आफ्ना सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेका छन ।

संचालनमा रहेका २५ ओटा विकास बैंकहरुमध्ये हालसम्म आधा दर्जनले मात्रै लाभांश घोषणा गरेका हुन । गत आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लाभांश प्रस्ताव गर्नेमा सहयोगी विकास बैंक, कैलाश विकास बैंक, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन ।

यी मध्ये सबैभन्दा बढी लाभांश सहयोगी विकास बैंकले प्रस्ताव गरेको छ । सहयोगीले आफ्ना लगानीकर्ताहरुलाई १९.३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, घोषणा गरेका मध्य सबैभन्दा कम लाभांश कामना सेवाले ६.८० प्रतिशत मात्रै प्रस्ताव गरेको छ । अझै १९ ओटा विकास बैंकले लाभांश घोषणा गर्न बाँकी छ । कामना सेवा, महालक्ष्मी, कैलास, मुक्तिनाथ विकास र गरिमा विकास बैंक राष्ट्रिय स्तरका विकास बैंक हुन् ।

सहयोगी जनकपुरमा रहेको तीन जिल्ला कार्यक्षेत्र भएको विकास बैंक हो । सहयोगी विकासलाई सिटिजन्स बैंकले प्राप्ति गर्नका लागि समझदारी भइसकेको छ ।

यस्तै ज्योति, साइन रेसुङा, गरिमा, देव, सिन्धु, साहरा, नेपाल कम्युनिटी, गण्डकी, लुम्बीनी, सप्तकोसी, तिनाउ मिसन, ग्रिन, सालपा, साहरा, सिन्धु, कञ्चन, कर्पोरेट, मितेरी, एक्सेल, कर्णाली र नारायणी डेभलपमेन्टले भने लाभांस प्रस्ताव गरेका छैनन् ।

२०७६ मंसिर १९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १९ बिहीवार १६:३८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...