काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शुक्रबवर सेयरमूल्य समायोजन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ३२ प्रतिशत बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको छ ।
नेप्सेले संस्थाको सेयरमूल्य समायोजन गर्दैै प्रतिकित्ता रू.६०९ र पैसा ०९ कायम गरेको छ ।अव समायोजित मूल्यअनुसार नै संस्थाको सेयर कारोबारमा हुनेछ । संस्थाको छैटौं वाषिक साधारणसभा पुस ११ गते हुँदैछ ।
यसका लागि संस्थाले शुक्रबवरदेखि बुक क्लोज गरेको छ । कम्पनीले ३२ प्रतिशत बोनस शेयर र १ दशमलव ६८ प्रतिशत कर प्रयोजनका लागि प्रस्ताव गरेको छ ।
२०७६ मंसिर २० गते प्रकाशित
वि.सं.२०७६ मंसिर २० शुक्रवार ११:११ मा प्रकाशित