Logo

जनता बैंकलाई मर्ज गरेपछि ग्लोवल आइएमईले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । जनता बैंकलाई मर्ज गरेपछि ग्लोवल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दतितर्फ संस्थागतमा ८.५० र व्यक्तिगतमा ९.२५ प्रतिशत ब्याज दिने उल्लेख छ ।

यस्तै, बचततर्फ सबैभन्दा बढी ६ र सबैभन्दा कम ०.७५ प्रतिशत ब्याज दिनेछ । हाल बैंकले २० वटा बचत खाता सञ्चालनमा ल्याएको छ । असोज मसान्तमा बैंकको आधार दर ९.४४ प्रतिशत छ । बैंकबाट ऋण लिँदा सबैभन्दा बढी १५.४४ प्रतिशत छ ।

बैंकबाट हायर पर्चेज लोन, शैक्षिक धितो कर्जा, मोटरेज लोन, सेयर धितो कर्जा लिँदा १५.४४ प्रतिशत ब्याज लाग्नेछ । यस्तै, घर कर्जा, अटो कर्जा लिँदा १४.४४ प्रतिशत ब्याज लाग्नेछ ।

 

२०७६ मंसिर २० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com