back
NMB ad

पोखरामा सहकारी बैंकको कर्जा जोखिम तालिम

Kumari bank ad

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाको आयोजनामा सञ्चालित २ दिने कर्जा जोखिम व्यवस्थापन तालिम शनिवार सम्पन्न भएको छ ।

तालिममा कर्जा व्यवस्थापन, जोखिम व्यवस्थापन, भाखा नाघेको कर्जा व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, सुशासन लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो । तालिमको सहजीकरण बैंकका कर्जा विभाग प्रमुख प्रमोद कुमार घिमिरेले गर्नु भएको थियो ।

तालिम समापनका अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीमार्फत आयआर्जन गर्ने मुख्य माध्यम कर्जा भएकाले कर्जा व्यवस्थापनमा बढी ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले कर्जा तथा जोखिम व्यवस्थापन तालिमबाट सिकेको कुरा व्यवहारमा लागु गरी आफ्नो संस्था र समग्र सहकारी अभियानलाई प्रभावकारी बनाउने कार्यमा लाग्न तालिमका सहभागीहरुलाई आग्रह गर्नु भयो ।

समापन कार्यक्रममा प्रशिक्षक प्रमोद कुमार घिमिरेले कर्जालाई व्यवस्थित गराउन नसकेमा संस्था प्रभावकारी नहुने भएकाले कर्जामा काम गर्ने कर्मचारीले प्रक्रियासम्मत काम गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरु फिष्टेल बचत तथा ऋण सहकारी संस्थाका विनय सुवेदी र पोखरा रोयल सहकारी संस्थाका सरस्वती भुजेलले तालिमबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको र सिकेको ज्ञानलाई कार्यक्षेत्रमा गई व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

समापन कार्यक्रम राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षता र शाखा प्रमुख सन्तोष घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा कास्की र तनहुँ जिल्लाका विभिन्न विषयका ४० वटा सहकारी संस्थाका ४० जना कर्मचारी तथा कर्जा उपसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

२०७६ मंसिर २२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २२ आइतवार ११:१८ मा प्रकाशित

You can share this post!

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...