Logo

अरुण भ्यालीले घोषणा गर्यो शेयर बोनस

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ९३ करोड ३० लाख १२ हजार रुपैयाँ रहेको छ ।

बोनस सेयर वितरणपछि पुँजी ९९ करोड ८३ लाख २२ हजार रुपैयाँ पुग्नेछ ।

२०७६ मंसिर २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com