back
NMB ad

देशभर ९ ठूला आधुनिक तरकारी बजारको डिपिआर तयार, कुन-कुन स्थानमा हुँदैछ ?

Kumari bank ad

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर आधुनिक सुविधासम्पन्न तरकारी तथा फलफूल बजार निर्माणको योजना अघि बढाएको छ।

मन्त्रालयमातहतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रमबाट मुलुकभर ९ स्थानमा आधुनिक तरकारी, फलफूल बजार स्थापनाका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ।

कार्यक्रम प्रमुख प्रकाश सञ्जेलका अनुसार मकवानपुर, सुनसरी, मोरङ, महोत्तरी, पर्सा, कास्की, कपिलवस्तु, बर्दिया र रुपन्देहीमा कुल ६ अर्ब ७५ करोड ७ लाख ४० हजार रुपैयाँ लागतमा आधुनिक तरकारी तथा फलफूल तरकारी बजार स्थापना गर्न सकिने अध्ययनले देखाएको छ।

‘हामीले ठूलो तरकारी बजारको परिकल्पना गरेका छौँ, त्यसैले लागत पनि धेरै देखिन गएको छ,’ सञ्जेलले भने, ‘यस्ता तरकारी बजारमा कोल्डस्टोर, एटिएम काउन्टर, फोहोर प्रशोधन केन्द्र, फलफूल पकाउने प्रविधिलगायत सुविधा उपलब्ध हुनेछन्।’

रुपन्देही : रुपन्देहीको बुटवल ९सेमलार०मा अहिलेसम्मकै आधुनिक र सुविधासम्पन्न तरकारी बजार निर्माणको अध्ययन भएको छ । यहाँ २३ बिघा ३ कठ्ठा जग्गासमेत भेटिएको छ । यस ठाउँमा सहकारी कार्यालय, जिउँदो माछापसल, क्वारेन्टाइन भवन, मल्टी चेम्बर कोल्ड स्टोर, पेट्रोलपम्प, नाश भएर जाने तरकारी, प्लास्टिकलगायतलाई पुनः प्रयोग गर्न मिल्ने गरी उत्पादन गर्ने प्रशोधन मेसिन जडान, माछा–मासुको स्टल, किसान अक्सन स्टल, होलसेल तथा रिटेलर स्टल, प्रशासनिक भवनलगायत निर्माण हुनेछन्।

सुनसरी : सुनसरीको इटरीमा ८ बिघा क्षेत्रफलमा दोस्रो ठूलो कृषि बजार निर्माणको गुरुयोजना तयार भएको छ । यहाँ एटिएम ब्लकका साथै नाश भएर जाने तरकारी, प्लास्टिकलगायतलाई पुनः प्रयोग गर्न मिल्ने गरी उत्पादन गर्ने प्रशोधन मेसिन जडान गर्ने लक्ष्य छ । त्यस्तै कोल्डस्टोर र आवश्यकताअनुसार विभिन्न स्टल हुनेछन्।

मकवानपुर : मकवानपुरको हेटौँडामा २ बिघा क्षेत्रफलमा फैलिने गरी आधुनिक तरकारी बजार निर्माणका अध्ययन भएको छ । यहाँ एटिएम ब्लकका साथै नाश भएर गएका तरकारी, प्लास्टिकलगायतलाई पुनः प्रयोग गर्न मिल्ने प्रशोधन मेसिन जडान गर्ने लक्ष्य छ । त्यस्तै, कोल्डस्टोर र आवश्यकताअनुसार विभिन्न स्टल हुनेछन्।

महोत्तरी : महोत्तरीको बर्दिबासमा ७ बिघा १० कठा क्षेत्रफलमा आधुनिक तरकारी बजार निर्माणका लागि अध्ययन भएको छ । यहाँ तरकारीको होलसेल तथा खुद्रा स्टलका साथै एटिएम काउन्टर, कोल्ड स्टोर, किसानका लागि अलग्गै स्टल तथा दूध र दूधजन्य पदार्थको बिक्रीस्थल राखिनेछ ।

बर्दिया : बर्दियाको बारबर्दियामा ३ बिघा १९ कठ्ठा क्षेत्रफलमा तरकारी बजार निर्माणको अध्ययन टुंगिएको छ । यहाँ १ हजार मेट्रिकटन तरकारी तथा फलफूल राख्न सक्ने मल्टी चेम्बर कोल्डस्टोर, नाश हुने तरकारीबाट बायो कम्पोस्ट मल तयार गर्ने मेसिनरी जडान हुनेछ । त्यसैगरी, तुरुन्त बिक्री गर्न नसकिने केही परिमाणको तरकारी तथा फलफूल अलग्गै भण्डारण गरी राख्ने ‘सरप्लस कमोडिटी ब्लक’समेत बनाइनेछ।

कपिलवस्तु स् कपिलवस्तुको बाणगंगामा ठूलो तरकारी बजार निर्माणका लागि ३ बिघा १ कठ्ठा जग्गामा अध्ययन भएको छ । यहाँ १ हजार मेट्रिकटन तरकारी तथा फलफूल राख्न मिल्ने मल्टी चेम्बर कोल्डस्टोर, बायोकम्पोस्ट युनिट र तत्कालै बिक्री गर्न नभ्याइने, तर १–२ मात्र तरकारी तथा फलफूल भण्डारणका लागि राख्न मिल्ने सरप्लस कमोडिटी ब्लक निर्माण हुनेछ। त्यसैगरी सवारीसाधनसहित तरकारी, फलफूल तौलिन मिल्ने धर्मकाँटा पनि राखिनेछ।

पर्सा : वीरगन्जको पर्सामा तरकारी बजार निर्माणका लागि ३ बिघा २६ कठ्ठा क्षेत्रफलमा अध्ययन भएको छ । यहाँ एटिएम काउन्टर, कोल्डस्टोर, किसानका लागि अलग्गै स्टल तथा होलसेल र खुद्रा स्टल रहनेछन्।

कास्की : कास्कीको पोखरामा रहेको पुरानो तरकारी बजारलाई अत्याधुनिक बनाउने गरी अध्ययन भएको छ। यहाँ महानगरपालिकाले सञ्चालन गरिरहेको बजारलाई स्तरोन्नति गर्ने सोच बनाइएको छ। जसमा अन्डरग्राउन्ड पार्किङ, सवारीसाधनसहित तरकारी, फलफूल तौलिन मिल्ने धर्मकाँटा, केरालाई आधुनिक प्रविधिबाट पकाउने राइपेनिङ चेम्बर निर्माण, किसानको अलग्गै स्टल, प्राथमिक उपचार केन्द्रलगायतका सुविधा हुनेछन्।

मोरङ : मोरङको रंगेलीमा १ बिघा १८ कठ्ठा जमिनमा आधुनिक तरकारी बजार निर्माणका लागि अध्ययन टुंगिएको छ । यहाँ तरकारी, फलफूलको होलसेल तथा खुद्रा स्टलका साथै नाश हुने तरकारी, फलफूलका प्रशोधन युनिट, कोल्ड स्टोर, केरालाई आधुनिक प्रविधिबाट पकाउने राइपेनिङ चेम्बर, किसानको अलग्गै स्टललगायका पूर्वाधार तयार हुनेछन्।(नयाँ पत्रिकाबाट)

२०७६ मंसिर २७ गते प्रकाशित

 

वि.सं.२०७६ मंसिर २७ शुक्रवार ०९:०८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...