Logo

२६ कम्पनीको ७ अर्बको बोनस सेयर, कसको कति ? (सूचिसहित)

काठमाडौं । साउनयता नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचिकृत २६ कम्पनीहरुको बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ ।

बैंक तथा वित्तीय संस्था, जलविद्युत, बिमा र होटलहरुको गरी ६ अर्ब ८९ करोड ७९ लाख ८३ हजार ५४३ रुपैयाँ बराबरको ६ अर्ब ६५ करोड ५४ लाख ६६० कित्ता बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ ।

अघिल्लो र गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको बोनस सेयर हो । बोनस सेयर नेप्सेमा सुचिकृत भइसकेका छन । दर्ता भएको मध्ये सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको छ ।

सगरमाथाले सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर वितरण गरेको छ । यस्तै प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले ८४, उन्नती माइक्रोफाइनान्स लघुवित्तले ४०, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ प्रतिशत बोनस सेयर वितरण गरेका हुन ।

यस्तै नागरिक लगानी कोषको २२, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको १५.८९, प्राइम कमर्शियल बैंकको १६, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ प्रतिशत बोनस सेयर दर्ता भएको छ ।

कम्पनीहरुले चुत्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन । यी कम्पनीहरुले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन बाँकी छ । अधिकाँश कम्पनीहरुको वार्षिक साधारणसभा नभएकाले बोनस सेयर यो वर्षको बोनस सेयर दर्ता नभएको हो ।

हेर्नुहोस् बोनस शेयर :

zTYrhJ0V8ttyofXnqcAsI0LJYk3vUjaRUzXwXl23

२०७६ मंसिर २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com