back
NMB ad

चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न सरकारले दियो स्वीकृति

Kumari bank ad

काठमाडौं । सरकारले कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ विस्तारका आवश्यक पर्ने निजी जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको छ ।

चीन सरकारको सहयोगमा सञ्चालन हुने दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि कलंकी महाराजगञ्ज धोवीखोला खण्डको सडक सीमा ३१/३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न सरकारले स्वीकृति दिएको हो ।

कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ विस्तारका लागि निजी घर पनि भत्काउनुपर्ने भएको छ । सडक विस्तारका लागि साइट क्लिरेन्स काममा सघाइरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको एक अध्ययनअनुसार काठमाडौंको महाराजगञ्ज क्षेत्रमा रहेका निजी घर भत्काउनुपर्ने देखिएको हो ।

सडकको मध्यबिन्दुबाट ३१र३१ मिटर दायाँबायाँ हुनुपर्ने भएकाले दुवै भागका घर भत्काउनुपर्ने छ । यसका लागि सरकारले एक अर्ब ६८ अरोड क्षतिपूर्तिमै खर्च गर्नुपर्ने छ । यद्यपी क्षतिपूर्तिको दर निर्धारण भएपछि यसको ठोस आकार लिने छ ।

चीनको सहयोगमा विस्तार हुने दोस्रो खण्डको काममा पहिले साइट क्लियर गर्नुपर्ने छ । साइट क्लियर गरेपछिमात्र काम सुरू गर्ने चिनियाँ पक्षले अडान लिएपछि सो काममा अहिले काठमाडौं उपत्यका विकास प्राधिकरण र सडक विभाग लागिपरेका छन् ।

यसमा अहिले रूख काट्ने र त्यसपछि निजीघर तथा जग्गा परे अधिग्रहण वा भत्काउने काम सुरू हुने छ । महाराजगञ्जमा निजी घर परे पनि अन्यत्र भने सरकारी भवन भत्काउनुपर्ने सूचीमा परेका छन् ।

विशेषगरी प्रहरी चौकी धेरै रहेको तिवारीले जानकारी दिए । साइट क्लियर भएपछि चिनियाँ पक्षको सहभागितामा डिजाइन स्वीकृत भएपछि विस्तारको काम सुरु हुने छ ।

२०७६ पुस १८ गते प्रकाशित

वि.सं.२०७६ पुस १८ शुक्रवार ११:२६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...