back
NMB ad

यसकारण मध्यमस्रयाङ्दीको उत्पादन १६ दिन रोकिने

Kumari bank ad

काठमाडौं । लमजुङमा सञ्चालित मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको उत्पादन १६ दिन रोकिने भएको छ । आयोजनाको मर्मतका लागि सो जलविद्युत् केन्द्रको दोस्रो युनिटको उत्पादन बन्द गरिएको हो ।

कुल ७० मेगावाटको क्षमता रहेको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको एउटा युनिटको उत्पादन १६ दिन बन्द गरिने तयारी छ । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना सञ्चालन भएको मस्र्याङ्दी नदीमा पानीको सतह घट्दै गएको हुनाले युनिट मर्मत गर्न लागिएको मध्यमस्र्याङ्दी विद्युत केन्द्रका प्रमुख शिवकुमार साहले बताए । उनका अनुसार दोस्रो युनिटको मर्मत अवधिमा पहिलो युनिटले नियमित विद्युत् उत्पादन गर्नेछ । दोस्रो युनिटको विद्युत् प्रणालीबाट उत्पादन बन्द हुँदा ३५ मेगावाटसँगको सेवा विच्छेद हुने हुन्छ ।

उनले भने, ‘२६ पुसदेखि दोस्रो युनिटको मर्मत सुरु गर्ने तयारी भइरहेको छ, पानीको सतह घटेकाले एउटा युनिटबाट मात्रै चल्ने पानी भएपछि उत्पादन बन्द गरेर मर्मत गरिने भएको हो ।’ मर्मत कार्य सुरु भएको १६ दिनसम्ममा सम्पन्न सो कार्य सम्पन्न गर्नेगरी काम गर्ने भएका छौं,’ प्रमुख शाहले जानकारी दिए ।

उक्त विद्युत् आयोजनाको केन्द्रबाट हिउँदमा विद्युत्को माग बढी हुने साँझ र बिहानको (पिकआवर)मा ७० मेगावाट तथा अन्य समयमा करिब ३५ मेगावाट विद्युत् उत्पादन हुने गरेको शाहको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले हिउँदको समयमा मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा जडित उत्पादन युनिटको हरेक वर्ष मर्मत गर्नेगरी आएको छ ।

२०७६ पुस २० गते प्रकाशित

वि.सं.२०७६ पुस २० आइतवार १०:२५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...