back
NMB ad

संस्थाको जग्गा नियम विपरित करोडौमा बिक्री, कारबाही गर्न माग

Kumari bank ad

काठमाण्डौं । नेपाल लगायत विश्वभर रहेका थुलुङ्ग (राई) हरुको हकहित, भाषा, संस्कार, संस्कृतिको सम्बृद्धि र विकास गर्ने उदेश्यले स्थापना भएको थुलुङ्ग (राई) सामा नेपालको नाममा रहेको जग्गा संस्थाका अध्यक्ष सहितले बिक्री गरि करोडौ रकम हिनामिना गरेका छन् ।

विद्यान अनुसार अबैधानिक भईसकेका संस्थाका अध्यक्ष पूर्णसिंह थुलुङ्ग, उपाध्यक्ष राम थुलुङ्गसहितको मिलेमतोमा संस्थाको जग्गा बिक्री गरि रकम हिनामिना गरेको भन्दै दोषी उपर कारबाही गरि जग्गा फिर्ता गर्न सरोकारवालाहरुले माग गरेका छन् ।

संस्थाको कार्यसमिति सदस्य एवं पदाधिकारीलाई समेत जानकारी नगराई, कुनै भेला समेत नगरी सिमित व्यक्ति बसेर विधान विपरित जग्गा बिक्री गरी रकम अपचलन गरेको संस्थाका पदाधिकारीले आज प्रेस बिज्ञप्ती जारी गरि बताएका छन् ।

विगत १९ वर्ष अगाडि कमल राईको अध्यक्षतामा रहेको समितिले सूर्यविनायक नगरपालिका नंखेलमा नंखेल १ (ख) कित्ता नं. ९०४, ९०५ र ९०७ को चार रोपनी २ आना ३ पैसा ४ दाम जग्गा संस्थाको नाममा खरिद गरिएको थुलुङ्ग (राई) जग्गा सरोकार समितिका संयोजक जनीकुमार राईले जानकारी दिनुभयो ।थुलुङ्ग (राई) सामा नेपालको २०७२ जेठ ३ गते कार्यभार सम्हालेका समाजका अध्यक्ष पूर्णसिंह थुलुङ्ग सहितको कार्यकाल विधान सम्बत रुपमा २०७५ जेठमा सकिए पनि संस्थाको साधारणसभा समेत आव्हान नगरी उक्त समितिले विधान विपरित २०७४ साउन २३ गते जग्गा बिक्री गरेको पाईएको उहाँले जानकारी दिनुभयो ।

जग्गा बिक्री गरि रकम अपचलन गरिसक्दा पनि संस्थाका सदस्यहरुलाई जानकारी नदिई लुकाएको अबस्थामा गत मंसिरमा जानकारी आएपछि संस्थाको जग्गा जोगाउन थुलुङ्ग (राई) जग्गा सरोकार समिति गठन गरिएको राईले जानकारी दिनुभयो । समितिले संस्थाको जग्गा बिक्री गरेको कारण र रकमबारे पटक पटक जानकारी लिन र संस्थाको जग्गा फिर्ता गराउन छलफल गर्दा उल्टै धम्क्याउने गरेको र प्रहरीमा समेत उजुरी दिएर प्रहरी मार्फत समेत धम्क्याएको समितिका सचिव धनबल राईले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष पूर्णसिंह थुलुङ्गको नेतृत्वमा जग्गा बिक्री भएको र अब कुनै हालतमा संस्थाको जग्गा फिर्ता हुदैन, जे गर्न सक्छौ गर भनेर उपाध्यक्ष राम थुलुङ्ग मार्फत सरोकार समितिलाई खबर पठाएको सचिव धनबल राईले जानकारी दिनुभयो । सरोकार समितिका पदाधिकारीलाई महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा अध्यक्ष पूर्णसिंह राईको नेतृत्वले मानहानीमा उजुरी दिई हिजो आईतबार प्रहरी मार्फत ३५ जनाको समूहलाई अपशब्द बोल्दै मानसिक यातना र धम्की समेत दिएको सरोकार समितिका सदस्य मुकुन्द राईले जानकारी दिनुभयो ।

महाराजगञ्ज बृत्तका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले संचारकर्मी मदन राईसमेत समितिका संयोजक जनीकुमार, रोमश मणि, मुकुन्द र मदन राईलाई एकवर्षसम्म थुनिदिन्छु भन्दै राती ८ बजेसम्म मानसिक यातना समेत दिएको उहाँहरुले गुनासो गर्नुभयो । मुस्कान सहितको सेवाको अभियान चालिरहेको प्रहरीले उल्टै पीडितलाई धम्क्याउने र मानसिक यातना दिएको गुनासो गर्दै उहाँले संस्थाको जग्गा जोगाउन कानूनी उपचारमा लाग्ने सरोकार समितिले जानकारी दिएको छ ।

यता थुलुङ्ग (राई) सामा समितिका पदाधिकारीहरुले समेत प्रेस बिज्ञप्ती जारी गर्दै उक्त जग्गा रु. २ करोड २ लाख ७२ हजारमा बिक्री गरि समितिलाई रु. १ करोड ८५ लाखमा बिक्री गरेको भन्दै झुक्याएर रकम अपचलन गरेको जनाएका छन् । समितिका महासचिव सुवास कुमार राई, सह कोषाध्यक्ष मनकुमारी राई समेत ९ जना सदस्यले हस्ताक्षर गरि विज्ञप्ती जारी गर्दै जग्गा बिक्री प्रति असहमति जनाएका छन् ।

दुबै समितिले निष्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेको छ । सरोकार समितिले भने संस्थाको जग्गा फिर्ता गर्न माग गरेको छ । फिर्ता हुनै नसक्ने अबस्थामा भए जग्गाको चलनचल्तीको मूल्य अनुसारको रकम बिक्रेताहरुबाट असुल उपर गरि कारबाही गर्न समेत माग गरेको छ ।

२०७६ पुस २१ गते प्रकाशित

वि.सं.२०७६ पुस २१ सोमवार १५:२२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...