Logo

बुधवार सार्वजनिक विदा !

काठमाडौं । आउँदो बुधवार सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै बुधवार अर्थात माघ १ गतेका दिन गण्डकी प्रदेश सरकारले बिदा दिने निर्णय गरेको छ । सरकारले माघी पर्वको अवसरमा सरकारले बिदाको घोषणा गरेको हो ।

किराँतहरुले यसलाई नयाँ वर्षको रुपमा मनाउँछन् भने थारु र मगर समुदायले माघी पर्वको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै आएका छन् ।

सरकारले अघिल्लो वर्ष पनि यो प्रदेशमा माघे संक्रान्तिको बिदा दिएको थियो । सरकारको तर्फबाट गरिने कार्यक्रम भने घोषणा भएको छैन ।

२०७६ पुस २७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com