back
NMB ad

एक आपसमा गाँभिदै छन यी चार सहकारी, एकीकरणलाई भोलि नै अनुमोदन गर्ने

Kumari bank ad

काठमाडौं । बाग्लुङका चार सहकारी एकापसमा गाभिएका छन् । कालिका, हाम्रो धौलागिरि बचत तथा ऋण, जनता सञ्चार र आदर्श नमूना बचत तथा ऋण सहकारी संस्था गाभिएका हुन् ।

एकीकरणपछि सहकारीको नाम कालिका सहकारी संस्था लिमिटेड राखिएको छ । एकीकृत पूँजीको विकास, दोहोरो सदस्यता अन्त्य र सहकारीको गुणस्तर बढाउने उद्देश्यसहित सहकारी एकीकरण गरिएको हो ।

एकीकृत सहकारी संस्थाको अध्यक्षमा हिमालप्रसाद शर्मा चयन हुनुभएको छ । सहकारी सङ्घसंस्था एकीकरण कार्यविधि ( २०७०, सहकारी ऐन र नियमावलीको व्यवस्थामा टेकेर सहकारी एकीकरण गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

‘भोलि शनिबार हुने साधारणसभाबाट एकीकरणलाई अनुमोदन गरेर अगाडि बढ्छौँ’, उहाँले भन्नुभयो । एकीकरणपछि सहकारीको कुल शेयर पूँजी पाँच करोड २३ लाख रुपैयाँ पुगेको छ ।

यस्तै शेयर सदस्य संख्या ६२१ छ । रु नौ करोड बचत र रु एक अर्ब १३ करोड वार्षिक कारोवार रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । सहकारीको कार्यक्षेत्र जिल्लाभर छ ।

पूँजी, भौतिक तथा मानवय संसाधनद्वारा सक्षम बनाउन तथा दिगो विकास र स्थायित्व कायम गर्न सहकारी एकीकरण हुने गरेका छन् ।

एकीकरणका लागि सम्बन्धित सहकारी संस्थाका शेयर सदस्य, सञ्चालक समिति, लेखा समितिलगायत अन्य समिति र पदाधिकारीसँग छलफल गरी सहमति जुटाउनुपर्ने प्रावधान छ ।

यस्तै शर्त तथा कार्यविधि तय गर्न संयुक्त कार्यदल बनाउनुपर्ने, कार्यविधि साधारणसभामा लैजाने र साधारणसभाबाट पारित गरी आवश्यक प्रक्रियामार्फत सहकारी संस्था एकीकरण गर्न सकिने व्यवस्था एकीकरणसम्बन्धी कार्यविधि–२०७० ले गरेको छ ।

यस्तै रामरेखा बहुउद्देश्यीय, रात्माटा कृषि र मूलपानी कालिका सहकारी संस्थालाई एकीकरण प्रक्रियामा ल्याउन छलफल चलिरहेको कालिका सहकारीले जनाएको छ । हालसम्म जिल्लामा १५ भन्दा बढी सहकारी संस्था एकीकरण भइसकेका छन् ।

जिल्लामा पहिलोपटक विसं २०७० मा बागलुङ सदरमुकाममा रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्था र छिमेकी तित्याङको कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एकीकरण भएको थियो ।

सरकारले सहकारी संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन एकीकरणको नीति ल्याएको हो । जिल्लामा ४०० बढी सहकारी संस्था छन् ।

२०७६ माघ ०९ गते प्रकाशित

वि.सं.२०७६ माघ ९ बिहीवार २०:३१ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...