back
NMB ad

स्प्रेडदर पालना गराउन राष्ट्र बैंकलाई अर्थमन्त्रीको निर्देशन

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निक्षेप र कर्जाबीचको ब्याजजदर अन्तर (स्प्रेडदर) पालना गराउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिनुभएको छ ।

उहाँले राष्ट्र बैंकले त्यस्तो स्प्रेडदर पालना गराएको वा नगराउने विषयमा अर्थ मन्त्रालयबाट अनुगमन पनि गरिने बताउनुभएको छ ।

राष्ट्र बैंकलाई निर्देशन छ, ब्याजदर फरकलाई पालना गराउनु तपाईंहरूमाथि पनि हामी नियमन गररहेका छौँ’ राष्ट्रिय वाणिज्य बैंकको ५५ औँ वार्षिक उत्सवको अवसरमा खतिवडाले भन्नुभयो ।

उहाँले सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकलाई बचतकर्तालाई नबिच्काउनका लागिसमेत आग्रह गुर्नभएको छ ।

’ब्याजदरमा समाहित गर्नुपर्ने हुन्छ, बचतकर्तालाई बिच्क्यायो भने हामो आधार फेरि कमजोर बन्न सक्छ’ खतिवडाले भन्नुभयो ।

अर्थमन्त्री खतिवडाले बैंकहरूलाई गुणस्तरीय कर्जा विस्तारमा लाग्नको लागि आग्रह गर्नुभएको छ । अन्तरािष्ट्रय मुद्रा कोषले कर्जा विस्तारको अवस्थालाई ध्यान दिन आग्रह गरिरहेको अवस्थामा अर्थमन्त्री खतिवडाले शुक्रबार अब गुणस्तरीय कर्जा विस्तारमा ध्यान दिनको लागि आग्रह गर्नुभएको हो ।

कर्जा वृद्धिको प्रभाव उत्पादन वृद्धिमा नदेखिए वा अनुत्पादक क्षेत्रमा कर्जा बढी भए विगत जस्तै कर्जाको सिलिङ तोक्नुपर्ने अवस्था आउने बताउनुभयो ।

’विगतमा यो बैंकले यतिसम्म कर्जा विस्तार गर्ने भनेर सिलिङ तोक्ने गरिन्थ्यो अहिले त्यस्तो अवस्था नआओस्, गुणस्तरीय कर्जा विस्तामा ध्यान दिनुहोला’ खतिवडाले भन्नुभयो उहाँले दीर्घकालीन ऋण दिँदा फिक्स करिडोर बनाउनका लागिसमेत आग्रह गर्नुभएको छ ।

वाणिज्य बैंकहरूलाई अझै पनि मर्जरमा जान आग्रह गर्नुभएको छ । थोरै बैंक भएकै आधारमा वित्तीय पहुँच कम नहुनेमा जोडदिनुभयो ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले बैंकलाई थप प्रभावकारी र प्रतिस्पर्धी गराउनको लागि रणनीतिक योजना अघि बढाएको जनकारी गराउनुभयो ।

एक खर्ब ९७ अर्ब निक्षेप, एक खर्ब ५० अर्ब कर्जा रहेको यस बैंकका २३८ शाखा, २०६ एटिएम रहेका छन् भने आर्थिक वर्ष २०७५र७६ मा पाँच अर्ब चार करोड नाफा कमाएको थियो । बैंकले ३१ लाख बैंकिङ ग्राहक रहेको जनाएको छ ।

२०७६ माघ १० गते प्रकाशित

वि.सं.२०७६ माघ १० शुक्रवार १६:४६ मा प्रकाशित

You can share this post!

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...