back
NMB ad

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निश्चित !

Kumari bank ad

काठमाडौं । प्रदेश दुईको राजधानी जनकपुरधाम नै हुने लगभग पक्का भएको छ । प्रदेश दुईको नामाकरण र राजधानी टुङ्गो लगाउने विषयमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिले जनकपुरधामलाई नै स्थायी राजधानी तोक्ने सहमति गरेको छ ।

संसदीय विशेष समितिमा राजधानीको विषयमा सहमति भएपछि जनकपुरधाम नै राजधानी हुने लगभग पक्का भएको हो । अहिलेको अस्थायी राजधानी जनकपुरधामलाई नै स्थायी कायम गर्ने निर्णयमा सर्वसम्मति भएको समितिका संयोजक समेत रहेका सभामुख सरोजकुमार यादवले जानकारी दिए । उनका अनुसार समितिले प्रदेश राजधानीको सीमा समेत टुंगो लगाएको छ ।

‘उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्रा्ष्ट्रिय सीमा तथा पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिक परिक्रमा क्षेत्रसम्म राजधानीको सिमाना तोक्ने सहमति भएको सभामुख यादवले बताए।

समितिले टुंगो लगाएको राजधानी जनकपुरधाम अब प्रदेशसभाको दुई तिहाई बहुमतले पारित गरेपछि औपचारिक हुने छ । विभिन्न दलका प्रस्तावक तथा समर्थक, प्रस्तावका संशोधनकर्ता समेतलाई बोलाएर छलफल गरी उक्त निर्णयमा पुगेको सभामुख यादवले बताए ।

पारित भएको प्रस्ताव नेकपा, समाजवादी र राजपाले दर्ता गरेका थिए भने नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव गरेको थियो ।

समितिमा उपसभामुख उपमा देव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, प्रदेशसभा सदस्य रामकुमार यादव, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र प्रदेशसभा सदस्य नरेश यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र संसदीय दलका उपनेता रामआशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र प्रदेशसभा सदस्य रानी शर्मा तिवारी तथा नेपाल संघीय समाजवादीकी प्रदेशसभा सदस्य सावित्रीदेवी साह सदस्य छन् ।
प्रदेशको राजाधानी र नाम सम्बन्धमा प्रदेश सभामा भदौ ५ गते राजनीतिक दलहरुले प्रस्ताव दर्ता गराएका थिए। प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको बैठकबाट नै सभामुख यादवको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो।

प्रदेशको राजधानीको विषयमा विशेष समितिमा टुंगो लागेपनि नामको विषयमा भने सहमति हुन सकेको छैन। नामको टुंगो लगाउने विषयमा विशेष समितिमा छलफल भइरहेको छ। नाम र राजधानीको विषय समितिमा टुंगो लागि सकेपछि माघ महिना भित्रै प्रदेशसभामा यो विषयले प्रवेश पाउने भएको छ।

२०७६ माघ १२ गते प्रकाशित

वि.सं.२०७६ माघ १२ आइतवार १९:०७ मा प्रकाशित

You can share this post!

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...