काबुल । अफगानिस्तानको पूर्वी क्षेत्र घाज्नी प्रान्तस्थित विमान दुर्घटना भएको छ । राज्यको स्वामित्वमा रहेको एयरलाइन्सको विमान दुर्घटना भएको हो । दुर्घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।
एरियाना अफगान एयरलाइन्सको विमान देह याक जिल्लाको सादोखेल क्षेत्रमा दुर्घटना भएको हो । स्थानीय समय अनुसार १ बजेर १० मिनेट जाँदा विमान दुर्घटना भएको हो । दुर्घटनामा कति क्षति भएको भन्नेबारे पूर्ण विवरण आइसकेको छैन ।
२०७६ माघ १३ गते प्रकाशित
वि.सं.२०७६ माघ १३ सोमवार १६:४० मा प्रकाशित