back
NMB ad

८२ प्रतिशतले बढ्यो स्वदेशी लघुवित्तको नाफा

Kumari bank ad

काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा स्वदेशी लघुवित्त वित्तीय संस्थाको नाफा ८२ प्रतिशत वृद्धि भएको छ ।सो अवधिमा कम्पनीले रू. ४ करोड ८२ लाख नाफा कमाएको हो ।

यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. २ करोड ६४ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासका कम्पनीको खुद ब्याज आम्दानी ५२ प्रतिशत र सञ्चालन नाफा ८० प्रतिशतले वृद्धि भएकाले नाफा बढेको हो ।

कम्पनीको चुक्तापूँजी रू.२७ करोड ६० लाख छ । रिजर्भ कोषमा रू. १४ करोड ७९ लाख छुट्याएको हो । यस वर्ष कम्पनीले आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

प्रतिशेयर आम्दानी रू.३४ दशमलव ९८, मूल्य आम्दानी अनुपात २१ दशमलव १०, तरलता अनुपात १२ दशमलव ०५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१५३ दशमलव ६२ छ । हाल सम्ममा कम्पनीले ८५ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

२०७६ माघ १४ गते प्रकाशित

वि.सं.२०७६ माघ १४ मंगलवार १३:५१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...