back
NMB ad

‘केहि समय लाङटाङ क्षेत्रमा एक्लै हिंड्न प्रतिबन्ध लगाउनु पर्छ’

Kumari bank ad

काठमाडौँ । रसुवाका सांसद छेवांग तेन्जेन तामाङले लाङटाङ क्षेत्र भूकम्प पछि पदयात्रीलाई खुल्ला भैसकेको भए तापनि एक्लै हिंड्नेलार्इ समस्या हुनसक्ने बताउँदै केहि समयको लागि लाङटाङ क्षेत्रमा FIT प्रतिबन्ध लगाउनु पर्ने बताए । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले रसुवाको धुन्चेस्थित टिम्स चेकपोस्ट संचालनमा आएका कठिनाइहरु सम्बोधन आयोजना गरेको बहुपक्षीय अन्तरक्रिया कार्यक्रममा सांसद तामाङले भने म पर्यटन मन्त्रिसंग कुरो गर्छु, अहिलेलाई एक्लै हिंड्न असुरक्षा छ ।

लाङटाङ क्षेत्रका बासिन्दाले टिम्सबाट केहि फाइदा नपाएको जिकिर गर्दै सांसद तामाङले टिम्सको आम्दानीको केहि अंश प्रभावित क्षेत्रमा फिर्ता आउने ब्यबस्था मिलाउन ढिलो भैसकेको बताए । उनले पदयात्रीलार्इ सुरक्षाको प्रत्याभूति दिनको लागि पनि FIT रोक्नु पर्ने र स्थानीयले पनि अपनत्व ग्रहण गर्न सक्ने बनाइनुपर्ने बताए ।

टान केन्द्रीय सदस्य तथा टिम्स बिभाग संयोजक तारानाथ लामिछाने (दिनेश) को नेतृत्वमा भएको अन्तरक्रियामा स्थानीय सरोकारवालाहरुले टिम्सको औचित्य बारे पर्यटकलार्इ प्रभावकारी सूचना सम्प्रेषण नहुँदा समस्या आएको जानकारी दिए । एकै काउन्टरबाट राष्ट्रिय निकुञ्ज प्रवेश शुल्क र टिम्स शुल्क उठाउँदा पर्यटकहरुले दोहोरो शुल्क किन लिएको भन्ने गुनासो गर्छन टिम्स के हो र यो शुल्क किन उठाइन्छ भन्ने कुरो पर्यटकले सजिलै बुझ्ने ब्यबस्था मिलाउनुपर्छ, लाङटाङ राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भने ।

गत बैशाखको भूकम्प अघिसम्म टिम्स काउन्टर र राष्ट्रिय निकुन्जको काउन्टर एकै ठाउँमा राखिएको थियो । भूकम्पपछि टिम्स चेकपोस्टका कर्मचारीलाई लाङटाङ राष्ट्रिय निकुन्ज कार्यालयले सो ठाउँमा बस्न दिएको छैन, यस कारण लाङटाङ क्षेत्रमा जाने पदयात्रीहरुको अभिलेखीकरणमा समस्या उत्पन्न भएको छ टानले जनाएको छ ।

त्यस्तै रसुवाका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले टिम्सबाट उठेको पैसा प्रभावित क्षेत्रमा खर्च नगरिएको दुखेसो पोखे । यस क्षेत्रबाट बर्षेनी लाखौँ रुपैयाँ नेपाल पर्यटन बोर्ड र टानको खातामा पुग्छ, सो रकमको निश्चित अंश लाङटाङ क्षेत्रमा फिर्ता जाने ब्यबस्था मिलाउन सके मात्र टिम्स दिगो हुने पाण्डेको भनाइ थियो ।

साथै लाङटाङ संरक्षण सरोकार समाज (लाकोस) का सन्तोष घलेले टिम्स कोषबाट लाण्टाङ क्षेत्रका पदयात्रा मार्गहरुमा फोहोर ब्यबस्थापन तथा स्थानीयहरुलाई आतिथ्य सत्कार तालिम दिन माग गरे । हामी टिम्सको बिपक्षमा छैनौं, तर यसले प्रभावित क्षेत्रमा फाइदा पुग्ने नसके यसको औचित्य समाप्त हुनसक्छ घलेले भने ।

अन्तरक्रियामा बोल्दै रसुवाका प्रहरी प्रमुख अबदेश बिष्टले टिम्सको मुख्य प्रयोजन पदयात्रीहरुको ब्यबस्थित अभिलेखिकरण भए तापनि गत बैशाखको भूकम्प पछि आफुले सो क्षेत्रमा पदयात्राको क्रममा रहेका पदयात्रीहरुको संख्या पाउन नसेको दुखेसो गरे । नेपालस्थित बिभिन्न दुताबासका प्रतिनिधिहरुले हामीलाई बाराम्बार फोन गरि पदयात्रीको बिबरण माग्नुभयो, तर हामीले उपलब्ध गराउनसकेनौं । आवश्यक परेकोबेला पदयात्रीको विवरण दिन नसके टिम्स पूर्ण रुमपा असफल हुन्छ, बिष्टले भने ।

बन तथा भुसंरक्षण मन्त्रालयका सह–सचिब केदारनाथ शर्माले स्थानीयलार्इ बिश्वासमा लिन नसके टिम्स संचालनमा कठिनाइ आउनसक्ने जानकारी दिए ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारिले टिम्स र यसको प्रयोजनबारे पदयात्रीहरुले बुझ्ने गरी सुचना सम्प्रेषण गर्न टानलार्इ आग्रह गरे । टिम्सको मूल उद्देश्य पदयात्रीको अभिलेखीकरण भएकाले टानको ध्यान यता जानुपर्छ प्रजिअ अधिकारी भन्छन् पदयात्रा मार्गको मर्मत र स्तरोन्नती गर्न पनि संघले आबश्यक पहल गर्नुपर्छ ।

टान टिम्स बिभागका संयोजक तारानाथ लामिछाने (दिनेश) ले अन्तरक्रियामा सहभागी सबैलाई धन्यबाद दिंदै आएका सुझाबहरु अध्ययन गरी क्रमश लागु गरिने बताए । भूकम्पपछि राष्ट्रिय निकुन्जको काउन्टरमा टिम्स चेकपोस्टका कर्मचारीलार्इ कार्यसम्पादन गर्न नदिंदा समस्या आएको बताउंदै लामिछानेले यथाशिघ्र चेकपोस्टका कर्मचारीहरुलाई राष्ट्रिय निकुन्जको काउन्टरछेउमै बसेर कार्य सम्पादन गर्ने ब्यबस्था मिलाईदिन सम्बन्धित सबैमा अनुरोध गरे ।

कार्यक्रममा टान सचिवालयका टिम्स इन्चार्ज प्रदिप कार्की, मिडिया कन्सल्टेन्ट बिष्णु भट्टराई तथा अपरेसन्स अधिकृत देबेन्द्र डंगोलको पनि उपस्थिति थियो ।

१३ बैशाख २०७३

वि.सं.२०७३ वैशाख १३ सोमवार २०:३६ मा प्रकाशित

You can share this post!

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...