back
NMB ad

“भारतीय इसारामा रातारात सत्ता परिवर्तनको फोहोरी खेल” : बिजुक्छे

Kumari bank ad

जुम्ला, २३ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले हिट्लर, मुसोलिनी र मोदी एउटै भएको टिप्पणी गरेका छन् ।

नेमकिपा कालीकोटको जिल्ला अधिवेशन उद्घाटनका लागि जुम्ला आइपुग्नुभएका अध्यक्ष बिजुक्छेले पत्रकार भेटघाटमा यस्तो बताएका हुँ ।

उनले भने , “भारतीय नाकाबन्दीका कारण देशले रु २७ खर्ब क्षति व्यहोर्नु पर्यो, भारत सरकार, भारतीय एकाधिकार पुँजीले नेपाललाई असर पार्दैछ र भारतको इसारामा नाच्ने ठूला दलका नेता खोक्रो राष्ट्रवादको नारा दिन्छन् ।”

“भारतीय इसारामा अहिले नेपालमा रातारात सत्ता परिवर्तनको फोहोरी खेल सुरु भएको छ । तर जनतालाई नसोधेर जे गर्न चाह्यो त्यो छुट नेतामा छैन”, उनले थपे । छ महिने सरकारले देशको अर्थतन्त्र उँभो नलाग्ने औँल्याउँदै अध्यक्ष बिजुक्छेले शासक घरीघरी फेर्ने प्रवृत्तीले जनताले फेरि दुःख पाउँदैछन् भने ।

विदेशीसंग झुक्दै गए लुक्ने ठाउँ नै नहुने र देश डुब्ने परिवेशमा पुग्ने तर्क गर्दै अध्यक्ष बिजुक्छेले जनताका प्रतिनिधिले देश विकासका लागि संसद्मै बोल्न आग्रह गरे ।

कार्यक्रममा व्यवस्थापिका संसद सदस्य डिल्लीप्रसाद काफ्ले, नेमकिपाका केन्द्रीय सदस्यहरु जयबहादुर शाही, हरिसुन्दर वासी, सरोजराज गोसाईं, नेक्राविसंका अध्यक्ष निरज लवजु, नेक्राशिसंका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालको पनि सहभागिता रहेको थियो ।

वि.सं.२०७३ वैशाख २३ बिहीवार ११:१५ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...