back
NMB ad

फेरी सर्यो चुनाव, असार १४ गते हुने

Kumari bank ad

काठमाडौं । स्थानीय तह दोस्रो चरणको चुनाव फेरि सरेको छ । असार ९ गते मुस्लिम समुदायको रमजानन पर्व पर्ने भएपछि पाँच दिन सार्ने विषयमा राजनीतिक नेतृत्वबीच छलफल सुरु भएको छ।

मन्त्रिपरिषद्को बुधबार बिहान बस्ने बैठकले यस विषयमा निर्णय गर्न सक्ने ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए । बैठकले अर्को मिति असर १४ गते तय गर्न सक्ने स्रोतले बतायो ।
स्रोतका अनुसार चुनावको मिति सार्ने विषयमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग बालुवाटारमा मंगलबार नै छलफल गरेका छन् ।
असार ९ गते दोस्रो चरणको चुनावको मिति तोकिएको भए पनि मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मिति सार्ने विषयमा मंगलबार बसेको सर्वदलीय बैठकमा छलफल भएको थियो।
बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेताले मुस्लिम समुदायको पर्व रमझान असार ९ गते पर्ने भएकाले चुनावको मिति पाँच दिन सार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
त्यसैगरी असार ९ गते चुनाव नगर्न मुस्लिम समुदायले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार नै ज्ञापनपत्र बुझाइसकेको छ। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले मुस्लिम समुदायको मागप्रति आफू सकारात्मक भएको प्रतिक्रिया दिएका थिए ।
१६ जेठ २०७४

वि.सं.२०७४ जेठ १६ मंगलवार १७:५३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...