back
NMB ad

के तपाईसँग यी कम्पनीहरुको सेयर छ ? छ भने यो समाचार तपाईको लागि फाइदाजनक हुनसक्छ !

Kumari bank ad

काठमाण्डौं । के तपाईले सेयरमा लगानी गर्नुभएकोछ ? त्यसमा पनि के तपाईले तीन कम्पनीहरु माछापूछ्रे बैंक, नागबेली लघुवित्त या त सेवा विकास बैंकको सेयर किन्नुभएकोछ ? छ भने खुशी हुनुहोस् किनकी यी तीन कम्पनीले छिटै नै हकप्रद सेयर जारी गर्दैछन् ।

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले आगामी मंसिर १९ गतेदेखि पुस २४ गतेसम्मका लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

त्यस्तै, नागवेली लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई दुई बराबर १ अर्थात ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ । बैंकले आगामी मंसिर २० गतेबाट हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित दरका १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएकोछ । हकप्रद निष्काशन पुस २४ गतेसम्म खुला रहने बताइएको छ । बैैंकले आफ्नो सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोछ ।

यसैगरी, सेवा विकास बैंक लिमिटेडले १२० प्रतिशत अर्थात १ बराबर १.२ को अनुपातमा हकप्रद सेयर वितरण गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका ५१ लाख ६ हजार ६ सय ६२ कित्ता कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले आगामी मंसिर २३ गतेदेखि २७ गतेसम्म हकप्रद आवेदन दिन पाइने बताएकोछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

५ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर ५ आइतवार ११:०९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...