"/>

नेप्सेमा एकैदिन २ करोड ५९ लाखको बोनस र हकप्रद सेयर सूचिकृत

काठमाडौ। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन २ करोड ५९ लाख २४ हजार ४७१ कित्ता सेयर सूचिकृत भएको छ । बुधबार ४ कम्पनीको बोनस र हकप्रद सेयर गरी उक्त सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।

बुधबार सबैभन्दा बढी हिमालयन बैंकको एक करोड ३४ लाख ९७ हजार ४३५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

यसैगरी कैलाश विकास बैंकको बोनस र हकप्रद दुबै सेयर सूचिकृत भएको छ । बुधबार कैलाश विकास बैंकको ३९ लाख ५० हजार ८४० कित्ता बोनस र ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

त्यसैगरी सिभिल लघुवित्त वित्तीय संस्थाको ५० हजार कित्ता र सोल्टी होटलको ५२ लाख ६५ हजार ५२४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित मितिः २०७४ जेठ १७

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com