back
NMB ad

सानका साथ मर्छु, टाङमुनि छिर्दिनः प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाण्डौं ।  प्रधानमन्त्री केपी ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड्’ भनेर हप्काउने वा तर्साउँदैमा आफू पदबाट नहट्ने बताएका छन्। मानवअधिकार एलाइन्सद्वारा बिहीबार आयोजित कार्यक्रममा आफ्नो तर्सिने बानी नभएको पनि बताएका हुन्।

नाफाको जिन्दगी देशका लागि खर्चन्छु

देशलाई शिरमा राखेर भन्छु, मैले सधैँ भन्ने गरेको पनि छु–यो मेरो नाफाको बाँकी जिन्दगी देशका लागि खर्चिनेछु। केही गर्न सकिनँ भने पनि आँटका साथ बाँच्छु, सानका साथ मर्छु। कसैले मलाई मार्छ भने पनि टाङमुनि छिर्ने छैन, हाम्रो देशको विकास हामीले नै गर्ने हो।

जन्मिदैँ पद लिएर आएको होइन

दलहरूबीच धोकापूर्ण होइन, पारस्परिक विश्वासका आधारमा सम्बन्ध विकास गर्दै जानुपर्छ। दलहरू दलीय स्वार्थ होइन, राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर चल्नुपर्छ। म जन्मँदा प्रधानमन्त्री भएर जन्मेको होइन र मर्दा पनि प्रधानमन्त्री पद लिएर जाने होइन। देश र जनताको सेवा गर्दै यहाँ आएको हुँ, मलाई कमाउनु छैन, कसैका लागि कमाइदिनु पनि छैन, भ्रष्टाचार पनि गर्नुछैन। देश बनाउने समय पाएको छु, जति दिन प्रधानमन्त्री हुन्छु २४ सै घन्टा देश विकासमा लाग्छु।

समस्या हल हुन्छन् भने धर्ती छाड्न पनि तयार छु

मैले प्रधानमन्त्रीको पद छाड्दा देश र जनताको भलो हुन्छ, समस्या हल हुन्छन् भने कुर्सीमोह छैन, बरु धर्ती नै छाड्नुपरे पनि छाड्न तयार छु। काँध फेर्न मात्रै छोड्नु भनेको हो भने केपी ओलीको काँध गलिसकेको छैन, किन फेर्नुपर्‍यो? नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रकाशितः २०७३ जेठ २१

वि.सं.२०७३ जेठ २१ शुक्रवार १०:२१ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...