back
NMB ad

निर्माण सामाग्रीमा अप्रत्याशित मूल्यवृद्धि कारण उपभोक्ता र व्यवसायी मारमा

Kumari bank ad

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा भएको मूल्यवृद्धिका कारण काम गर्न समस्या परेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरको ध्यानाकर्षण गराएको छ ।

महासंघको टोलीले आज मन्त्री बलायरलाई मन्त्रालयमा भेटेर मूल्यवृद्धिले निर्माण व्यवसायी र आम जनता समस्यामा परेको भन्दै ध्यानाकर्षण गराएको हो ।

केही साताअघिदेखि इन्धन, सिमेन्ट, डण्डी, गिटी, बालुवाजस्ता प्रमुख सामग्रीमा अप्रत्याशितरुपमा मूल्यवृद्धि भइरहेकाले देशभर क्रियाशील निर्माण व्यवसायी मर्कामा परेको बताइएको छ ।

यस्तै काम गरेको बजेट निकासा नहुँदा व्यवसायी ठूलो आर्थिक मारमा परेको भन्दै समस्या समाधानका लागि ठोस पहल गरिदिनसमेत टोलीले मन्त्री बलायरलाई आग्रह गरेका छन् ।

भेटपछि मन्त्री बलायरले निर्माण व्यवसायीले राखेका माग राम्रो भएको भन्दै आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रीको भनाइ उद्धृत गर्दै महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले जानकारी दिए ।

२०७४ माघ ११ गते प्रकाशित

वि.सं.२०७४ माघ ११ बिहीवार २२:१५ मा प्रकाशित

You can share this post!

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...