back
NMB ad

मनाङ मुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

Kumari bank ad

ललितपुर । हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन् ।

एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन् । पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताए ।

एघार जिल्लामा ट्राउट पालनको सहायक परियोजना सञ्चालनमा छन् । अरु आठ जिल्लामा पहिलेदेखि नै पालन हुँदै आए पनि तीन जिल्लामा परियोजनाले शुरु गरेको निर्देशक झाले बताए ।

त्यस क्षेत्रमा ट्राउट साढे दुई किलोसम्मको हुने गरेको छ । पर्यटन व्यवसायीले एक माछाको रु ३००/४०० सम्ममा बेच्ने गरेका छन् । उनले भने, “पर्यटकले अरु कुरासँगै ताजा ट्राउट खान पाएका छन् भने व्यवसायीले पनि राम्रो आम्दानी गरिरहेका छन् ।”

छ वर्ष पहिले उच्च पहाड र हिमालका १० जिल्लामा परियोजना शुरु भएको थियो । स्थानीयवासीले गर्दै आएको कृषि र पशुपालनलाई नै व्यावसायिक बनाउन परियोजनाले अनुदान सहयोग गर्दै आएको छ ।

परियोजनाले दुई हजार फिटभन्दा तलका क्षेत्रमा परियोजनाको २० प्रतिशत र किसानको ८० प्रतिशत तथा त्यसभन्दा बढी उचाइका ठाउँमा किसानको र परियोजना दुवैको ५०/५० प्रतिशत लगानीमा विभिन्न सहायक परियोजना सञ्चालन गरेको छ ।

२०७४ माघ १३ गते प्रकाशित

वि.सं.२०७४ माघ १३ शनिवार १०:४२ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...